जङ्गलको अवैध फडानीमा तीव्रता
शम्भुराज रेग्मीडडेल्धुरा, चैत १३/जिल्लाको जोगबुढा-४ स्थित यशोधारा महिला सामुदायिक वनमा ठेकेदार, उपभोक्ता समिति र जिल्ला वन कार्यालयको मिलेमतोमा दर्जनौ हरिया सालका रुखहरू काटिएका छन् । स्थानीय उपभोक्ताले
दिएको जानकारीअनुसार चैतको पहिलो हप्ता सो वनमा हरिया सालका रुखहरू काटिएका हुन् ।
अहिलेसम्म काटिएका ५८ रुख मध्ये ५६ हरिया रुखहरू रहेको स्थानीय एक उपभोक्ताले जनाएका छन् । सो वनलाई जिल्ला वन कार्यालय डडेल्धुराले टाँचा लगाइ कटानी गर्न आदेश दिएपछि हरिया सालका रुखहरू काटिएका हुन् । हरिया रुखहरू धमाधम काटिएपछि अहिले स्थानीय उपभोक्ताहरूले विरोध जनाएका छन् ।
विवादलाई मिलाउन जिल्ला वन कार्यालय डडेल्धुराबाट गएका रेञ्जर राजेश शाह र सादनी तातापानी रेञ्जपोष्टका रेञ्जर रामाशङ्करप्रसाद श्रीवास्तवसहित उपभोक्ता समिति र ठेकेदारको अस्ती शुक्रबार बैठक बसी काटिएको काठ बिक्री गर्ने गरी मिलाइएको बुझिएको छ । काँचो काठ काटिएको सम्बन्धमा जिल्ला वन अधिकृत पञ्चलाल शाहले रेञ्जपोष्ट तातापानीलाई बुझ्न पठाएकोले रिपोर्ट आउन बाँकी रहेको बताए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.