सिँचाई कार्यालयमा करोडौको गाडी ३३ वर्षदेखि अलपत्र
हिमालीयुवा डेस्क
परासी, चैत १४/नवलपरासीको सेमरीस्थित सिँचाई डिभिजन कार्यालयमा करोडौका गाडीहरू ३३ वर्षदेखि अलपत्र परेका छन् ।
लिलामी प्रक्रिया मिलाउन नसक्दा विगत ३३ वर्षदेखि ति गाडीहरू कार्यालयको चौरमा अलपत्र परेका छन् । गण्डक नहर साथै सडक निर्माणका लागि प्रयोग हुने ति गाडीहरू विभिन्न प्रकारका गरी २५ वटा रहेका छन् । कार्यालयले लिलाम प्रक्रियाका लागि विभागमा पत्राचार गरेपनि विभागले लिलामी प्रक्रियाको अनुमति नदिएपछि करोडौँको गाडी लिलामी हुन नसकेको हो ।
तीन दशकसम्म कार्यालयको चौरमा फालिएका ति गाडीसहित अन्य औजारहरू दिन प्रति दिन खिया लागेका कारण जीर्ण बनिसकेका छन् । समयमा नै मूल्याङ्कन नहुँदा ति गाडी एवम् औजारहरूको दिन प्रतिदिन लिलाम मूल्य घट्दै गएको कार्यालयका एक कर्मचारीले बताए । चौरमा फालिएका ति गाडी र औजारहरूको अधिकांश इञ्जिनहरू चोरीसमेत भइसकेको छ । लामो समय लिलाम नभएपछि करोडौ पर्ने गाडी एवम् औजारहरू अब लाखौ मूल्य पर्ने सम्भावना पनि गुमेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.