पछिल्ला सामग्री :
ग्रामीण सडकमा अनियमितता भएको खुलासा

नेस्वससेको सहयोगमाम्याग्दी, बैसाख ३०/म्याग्दी सदरमुकामबाट घतानहुँदै पाखापानीसम्मको ग्रामीण कृषिसडक मर्मत कार्यमा व्यापक अनियमिता भएको खुलासा भएको छ ।

करिव २० किलोमिटर सडक मर्मतका लगि जिल्ला विकास समितिले छुट्टयाएको ७ लाख रुपैयाँ मध्ये आधाभन्दा थोरै काम गरेको भन्दै स्थानीय मर्मत सुधार समितिले किर्ते काम गरेको किर्ते कागज बनाएर स्थानीय बासिन्दाहरूका आँखामा छारोहालेको आरोप गाउँलेहरूले लगाएका छन् ।

समितिमा रहेका पदाधिकारीहरूले सडकमा डुङ्गा बिच्छ्याउने, ग्याभिनजाली भर्नेलगायतका कामका लागि ७ लाख रुपैयाँ खर्चेको भनेर सोही बमोजिमको कामगरेको किर्ते बिल पेश गरेको गाउँले बताएका छन् । बाटो मर्मतका लागि ग्राभेलिङलगायतका कामहरू हुनुपर्ने तर झण्डै ५० प्रतिशत पनि काम नभएको र यसमा जिविसका प्राविधिकसमेत सहभागी भएको आरोप परिवर्तनशिल समाज युवा क्लबका सदस्य प्रकाश चोखालले लगाएका छन् । तर सडक समितिका एकजना सदस्य नारायण बानियाँले भने काम योजना अनुरुपनै भएको दावी गरेका छन् ।

स्थानीय क्लबका सदस्यहरू चनाखो भएर जिल्ला प्रशासन र जिल्ला विकासमा निवेदन पेश गरेपछि कामको निरीक्षण गर्नपुगेका प्राविधिक टेकबहादुर पुनसमेत सडकमा योजना अनुसारको काम नभएको बताए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.