मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीको हिनामिना
हिमालीयुवा डेक्स
म्याग्दी, बैसाख ३१/हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलका रूपमा परिचित मुक्तिनाथ मन्दिरमा भक्तजनहरूले चढाएको भेटीको हिनामिना गरिएको खुलासा भएको छ ।
वार्षिक लाखौँ रुपैयाँ भेटी सङ्कलन हुनेगरेको मन्दिरको भेटी अहिलेसम्म कहाँ र कसले के कामका लागि खर्च गरिरहेको छ भन्ने बारेमा कुनै पनि निकायलाई जानकारी छैन । मन्दिरमा रहेका २२ जना आनी र मन्दिरका मूल पुजारीको मिलेमतोमा भक्तजनहरूबाट सङ्कलन भएको भेटीको हिनामिना हुने गरेको हो । समाचारका लागि त्यहाँ पुगेका सञ्चारकर्मीको जिज्ञासामा मन्दिरका मूल पुजारी रुद्र रिजालले मन्दिरको चासो आफूलाई मात्र भएको र अन्य कसैले यहाँका बारेमा चासो राखेर आर्थिक कुरामा प्रश्न गर्न नपाइने बताए ।
मुक्तिनाथका स्थानीय बासिन्दा सुजन थकालीका अनुसार वर्षौ पहिलादेखि मन्दिर जीर्ण रहेको र मर्मतका लागि पुजारीलाई मन्दिरको भेटीबाट रकम सङ्कलन गर्न अनुरोध गर्दा उल्टै स्थानीय बासिन्दाहरूलाई पुजारीले हपारेका थिए । केही वर्ष अगाडि मात्र वार्षिक २२ लाख रुपैयाँ नगद सङ्कलन हुने गरेको बताइए पनि रकम कहाँ र कसरी खर्च गरियो भन्ने बारेमा मन्दिर संरक्षण समितिलाई समेत कुनै जानकारी नभएको समितिका सदस्य गौमान गुरुङले बताए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.