दस लाख लुटिएकालाई दस हजार क्षतिपूर्ति
हिमालीयुवा डेस्कपर्वत, जेठ १६/माओवादी द्वन्द्वका समयमा करिब दस लाख लुटिएका पर्वतका एक गाविससचिवलाई सरकारले दस हजार मात्र क्षतिपूर्ति पठाएको छ ।
दक्षिणी पर्वतको उराम र बेउलीबास दुइ गाविसका सचिव पूण्यप्रसाद काफ्लेलाई सरकारले दस हजार क्षतिपूर्ति पठाएको हो । २०६३ साल साउनमा गाविसको रकम ब्याङ्कबाट झिकेर विकास निर्माणमा खर्चनका लागि गाउँ लिएर गएका काफ्लेलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएर लुटेका थिए ।
९ लाख ७५ हजार रुपैयाँ लुटिएका सचिव काफ्लेलाई सरकारले अहिले आएर दस हजार रुपैयाँ मात्र थमौति प्रयास गरेपछि उनले रकम लिन अस्वीकार गरेका छन् । गाविसको रकम लुटिए पनि सचिव काफ्लेलाई गाउँलेले लुटिएको रकम व्यक्तिगत रूपमा असुलेका थिए । व्यक्तिगत रूपमा गाविसको लुटिएको रकम तिर्न गाउँलेले दबाब दिएपछि उनले आफ्नो जग्गा-जमिन बिक्री गरेर रकम बुझाएको बताए ।
राज्यका सम्बन्धित निकायहरूमा पटक-पटक माग गर्दा पनि सुनुवाई नभएपछि गाविस सचिव काफ्लेले ७ मङसिर २०६५ मा राष्ट्रिय मानवअधिकार आयोग समक्ष लुटिएको रकम फिर्ताको पहल तथा क्षतिपूर्ति उपलब्ध गराइदिन माग गरेका थिए । जिल्लामा रहेका क्रियाशिल राजनीतिक पार्टीलाई समेत पटक-पटक आफ्नो समस्या बुझिदिन माग गर्दा जिल्लाको सर्वपक्षीय बैठकले काफ्लेलाई राहत दिन सरकारसमक्ष सिफारिस गरेको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.