पछिल्ला सामग्री :
सवारीचालक अनुमतिपत्रको निलम्बन प्रक्रिया सुरु


शम्भुराज रेग्मी
काठमाडौँ, असार ७/महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटक भन्दा बढि ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकको अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ ।

पहिलो चरणमा महाशाखाले २२ जना सवारी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्नका लागि यातायात व्यवस्था विभागलाई सिफारिस पठाएको छ । महाशाखाले ११ प्रकारका गम्भीर प्रकृतिका दुर्घटना या ट्राफिक नियम मिच्ने चालकको अनुमति पत्र (लाइसेन्स) नै खारेजी प्रक्रियाका लागि लाइसेन्समा प्वाल पार्ने कामको थालनी भइसकेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हालसम्म ३ सय ३६ चालकको अनुमति पत्र (लाइसेन्स) प्वाल पारिसकिएको छ । निलम्बन भने गरिएको छैन् । बैसाख ७ गतेदेखि जेठ महिनाको मसान्तसम्म ट्राफिक महाशाखा मातहत कार्यालयले ५९ हजार ५७ सवारी चालक माथी कारबाही गरिसकेको छ ।

पटके गल्ती गर्ने सूचिमा महिला चालकको सङ्ख्या शून्य रहेको छ । कारबाही विवरणअनुसार पाँच पटक गल्ती गर्नेमा एकजना पनि महिला चालक छैनन् । यसै वर्ष पाँच पटक भन्दा बढि गल्ती गर्ने १ हजार ५ सयजना सवारी चालक रहेका छन् भने ७५ प्रतिशत गल्ती सार्वजनिक सवारी साधनका चालकहरूबाट भएको महाशाखाले जनाएको छ ।

सबैभन्दा बढि गल्ती गर्ने सबै चालकहरूको बागमती अञ्चल कार्यालयबाट लाइसेन्स लिएकाहरू रहेका छन् । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार हालसम्म ८ लाख लाइसेन्स जारी भएको छ ।

महाशाखाका अनुसार पटके कारबाहीमा पर्नेमध्ये ७५ प्रतिशत सार्वजनिक सवारी साधनका चालकहरू रहेका छन् । यसै वर्षदेखि सर्वाधिक ट्राफिक कारबाहीमा पर्ने र उत्कृष्ट चालकको मनोनयन गरी तस्वीर सार्वजनिक स्थानमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.