पछिल्ला सामग्री :
ऐतिहासिक झारकोट दरबार जीर्ण

हिमालीयुवा डेस्क
म्याग्दी, असार २/
मुस्ताङको मुक्तिनाथ गाविसमा रहेको झारकोट दरबार आवश्यक संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ ।

सत्रौँ शताब्दीमा निर्माण भएको अनुमान गरिएको दरबारका चारैतिर रहेको पर्खाल भत्किएको छ भने छानो चुहिन थालेको छ, त्यस्तै दरबारमा भएका काठहरू पनि काम नलाग्ने अबस्थामा पुगेका छन् । पचास वर्षभन्दा पहिला दरबारको अवस्था निकै राम्रो रहेको र पछिल्लो अवस्थामा कुनै पनि निकायबाट संरक्षण नभएका कारण दरबारको अवस्था जीर्ण रहेको स्थानीय ७८ वर्षीय गोविन्द तुलाचनले बताए । बाइसे-चौबिसे राज्यका पालामा ठकुरी राजाले बसोबास गर्ने गरेको सो तीनतले दरबारको एक तलामा ५० वटा कोठा रहेको छ । दरबार पछिल्लो समय अलपत्र र जीर्ण बन्दै गएको हो ।

दरबार निरीक्षण गरी संरक्षणका लागि पुरातत्व विभागले वर्षौ पहिलादेखि आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रयास नथालिएको स्थानीय सन्तु गुरुङले बताए । दरबार अवलोकनका लागि केही वर्ष पहिलासम्म निक्कै नै स्वदेशी र विदेशी पर्यटकहरू आउने गरेकामा पछिल्लो समय दरबार भत्किँदै जान थालेपछि पर्यटकहरू पनि आउन छाडेको स्थानीय बासिन्दाहरू बताउँछन् । दरबारको आसपासमा करिव दुइ सयभन्दा बढि घर गुरुङ र थकालीहरूको बस्ती रहे पनि त्यहाँका गाउँलेहरूको कुनै पनि क्षेत्रका व्यक्तिहरूले बेवास्ता गरेका कारण सञ्चार माध्यमलाई गुहार्नु परेको गाउँलेहरूले बताए । (नेस्वससेको सहयोगमा)
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.