पछिल्ला सामग्री :
चाडबाडसँगै निगमको टिकटमा कालोबजारी

शम्भुराज रेग्मी
विराटनगर, साउन ११/
नजिकिँदो चाडबाडको पूर्वसन्ध्यामा नेपाल वायुसेवा निगमको टिकटमा कालोबजारी बढेको छ ।

विराटनगरबाट पूर्वी पहाडी जिल्लामा सेवा दिँदै आएको निगमको हवाई जहाजको टिकटमा कालोबजारी हुने गरेकाले यात्रुहरू मारमा परेका छन् । निगमको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा यात्रुहरूलाई टिकट खरिद गर्न अवरोध गरी टिकट ब्ल्याक गर्ने युवाहरूले टिकट लिएर महङ्गो मूल्यमा बेच्ने गरेका छन् । टिकट ब्ल्याक गर्ने गिरोहले सर्वसाधारणलाई लाइनमा बस्न नदिई आफूहरू मात्रै टिकट लिएर बेच्ने गरेको यात्रुहरूको गुनासो छ ।

टिकट खरिद गर्न आएका सर्वसाधारणलाई डर देखाई आतङ्कीत पारेको आरोपमा विराटनगरका रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै मोहमद निजामलाई पक्राउ गरेर चेतावनी दिई छाडिएको प्रहरीले बताएको छ । दशैं तिहारका बेला पहाडी जिल्लाको टिकट काटेर दलालहरूले तेब्बर मूल्यसम्ममा बेच्ने गरेको पीडित यात्रुहरूले गुनासो गरेका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.