साततले दरबारमा लगाइएको ताला खुलाउन माग
शम्भुराज रेग्मीकाठमाडौँ, साउन ४/पर्यटनको केन्द्रविन्दुको रुपमा रहेको साततले दरबारमा एक वर्ष अगाडिदेखि लगाइएको ताला खुलाउन मागगर्दै नुवाकोटका बासिन्दा आन्दोलित भएका छन् ।
दरबारको ताला नखुल्दा पर्यटकहरू साततले दरबार अवलोकनबाट बञ्चित भएका छन् । नुवाकोटको पुरानो सदरमुकाम नुवाकोट डाँडामा रहेको साततले दरबारमा गत २०६५ साल असार ९ गतेदेखि ताला लगाइएकोमा हालसम्म नखुलाइँदा दरबार अवलोकनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरू निराश भएको जनाउँदै नुवाकोट सम्पदा संरक्षण मञ्चले स्मारक संरक्षण तथा हेरचाह कार्यालय नुवाकोटमार्फत् जिल्ला प्रशासन कार्यालय र पुरातत्व विभाग काठमाडौँसँग दरबारको ताला खुलाउन माग गरेको छ ।
विदुर नगरपालिका-२ स्थित महत्वपूर्ण सम्पदाको रुपमा रहेको साततले दरबारमा ताला लगाइएपछि हाल त्यसको नेपाली सेनाले दरबार परिसरमा टुकडी नै खडा गरी दरबार रेखदेख गर्ने नाममा कडा रुपमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाउँदै बसेको छ । उक्त दरबार तत्कालीन राजा पृथ्वीनारायण शाहले गत १८१६ सालमा निर्माण गरेका थिए । ताला नखुल्दा उक्त क्षेत्रको आर्थिक, सामाजिक, धार्मिक, ऐतिहासिक तथा पर्यटन विकासमा समेत प्रभाव परेको स्थानीय नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए ।
महत्वपूर्ण र ऐतिहासिक सम्पदाको रुपमा रहेको साततले दरबारमा ताला लगाइँदा एक वर्षदेखि कसैले पनि भित्र पसेर दरबार अवलोकन गर्न नपाएपछि सर्वसाधारण, पर्यटकहरू, अनुसन्धान तथा खोजकर्ताहरूसमेत प्रभावित भएर उक्त दरवारको परिचय नै लोप हुने खतरा वढेको स्थानीय नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष तथा भैरवी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले बताए ।
गृह मन्त्रालयले सरकारद्वारा राष्ट्रियकरण गरिएका नुवाकोटसहित विभिन्न ६ जिल्लामा रहेका दरबार तथा बङ्गलामा अर्का सूचना जारी नभएसम्म सर्वसाधारणको प्रवेशमा रोक लगाइएको जनाउँदै नुवाकोटको ताला लगाउन परिपत्र गरेपछि ताला लगाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
दरबारको ताला खोल्ने अर्को सूचना जारी नभएसम्मका लागि दरबारको संरक्षण र रेखदेख नेपाली सेनाले गर्ने परिपत्र आएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेनाको सहयोगमा गत असार ९ गतेदेखि साततले दरबारमा ताला लगाएको थियो । एक वर्ष अघि राष्ट्रियकरण गरिएका नुवाकोट, गोरखा, लमजुङ, कास्की, चितवन, मकवानपुर जिल्लामा रहेका दरबार र बंगलामा ताला लगाई सर्वसाधारणको प्रवेशमा रोक लगाएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.