पछिल्ला सामग्री :
प्रजिअसहित २० सरकारी कार्यालय प्रमुखविहिन

नेस्वससेको सहयोगमामन्थली, साउन १५/रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्रबहादुर भण्डारीसहित २० जना सरकारी कार्यालय प्रमुखहरूले एकै पटक जिल्ला छाडेका छन् ।

सबै कार्यालय प्रमुख अनिवार्य रुपमा कार्यालयमा बस्नुपर्ने विभागीय निर्देशनको उल्लङ्घन गर्दै उनीहरूले कार्यालय छाडेका हुन् । यसरी कार्यालय छाडेर हिड्ने कार्यालय प्रमुखहरूमा प्रमुख जिल्ला अधिकारी भण्डारी, स्थानीय विकास अधिकारी दिलिपकुमार चापागाइँसहित जिल्ला मालपोत कार्यलय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला नापी कार्यलय, डिभिजन खानेपानी कार्यालय, जिल्ला वन कार्यलय, जिल्ला भू-संरक्षण कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नेपाल टेलिकम, नागरिक उड्डयन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला आयुर्वेदिक कार्यालय, नेपाल विद्युत प्राधिकरण र जिल्ला सरकारी वकिलको कार्यालयका कार्यालय प्रमुख रहेका छन् ।

यसरी एकैपटक सरकारी कार्यालयका कार्यालय प्रमुखहरूले कार्यालय छाडेर हिँडेपछि सरकारी काममा अवरोध पुगेको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.