नारायणीमा भारतले निर्माण गरेको ब्लक भत्किँन सुरु
शम्भुराज रेग्मी
नवलपरासी, साउन १८/जिल्लाको पक्लिहवा गाविसमा भारतले २ महिना अघि मात्र नारायणी नदीको किनारमा निर्माण गरेको ब्लक भत्किँन सुरु गरेको छ ।
वर्षासँगै नारायणी नदीमा आएको बढीले पक्लिहवा गाविसमा निर्माण गरेको ३ नम्बर ठोकरअन्तर्गतका ब्लकहरू भत्काई नदीले बगाउन सुरु गरेको हो । भारत सरकारले हालै नारायणी नदी वरपरको ठोकरमा निर्माण गरेको ब्लकहरू गुणस्तरहिन भएकाले वर्षा सुरु हुनासाथ ब्लकहरू भत्किँन सुरु गरेको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका प्रवक्ता प्रेमचन्द्र गुप्ताले बताए ।
गण्डक बाँधमा काम गुणस्तहिन गरेकोले १० लाख क्युसेक पानीसम्म थाम्न सक्ने क्षमतामा निर्माण गरिएको ब्लकहरू करिब २ लाख क्युसेक पानी नारायणी नदीमा आउँदा गुणस्तरहिन ब्लकहरू भत्किँन सुरु गरेको हो । ३ महिना अघि भारतको बिहार सरकारले भारतीय २८ करोड रकम बिनियोजन गरी नारायणी नदीमा भारतीय प्रविधिक र ठेकेदारको मिलोमतोमा ठोकर मर्मत र ब्लक निर्माण गर्ने गुणस्तहिन काम गरेको थियो ।
ठेकेदारले गुणस्तरहिन गरेकोले निर्माण सकिएको २ महिना नबित्दै निर्माण गरिएका ठोकरका ब्लकहरू भत्किने गरेकाले यस वर्ष नारायणी नदीमा आउने बाढीले बाँधसमेत फुट्न सक्ने खतरा बढेको सङ्घर्ष समितिका प्रवक्ता गुप्ताले बताए । गत वर्ष नेपाल भारतका जिल्ला अधिकारीसँग भएको २१ बुँदे सहमति अनुसार भारतको उत्तर प्रदेश सरकारले हालै भारतीय २८ करोड रुपैयाँ विनियोजन गरी नारायणी नदीमा ठोकर मर्मत, निर्माण र त्यस्तै नदीमा तारजाली र ब्लक निर्माण गर्ने काम भएको हो ।
भारतीय ठेकेदारले स्थानीय व्यक्तिलाई पेटीमा (सस्तो मूल्यमा) काम दिएर 'ए' ग्याप बाँधको ७, ९, १०, ११ र १२ नम्बर गरी जम्मा पाँचवटा ठोकरमा काम गरेको थियो । गण्डक योजनाको डिजाइनअनुसार पानी बहाव क्षमता ८ लाख ५० हजार क्युसेक भए पनि गत वर्ष २ लाख ७६ हजार ९ सय क्युसेक पानी आउँदा नेपाली भूभाग कटान गरेको र थुप्रै भाग डुबान गरेकोले पूर्ण क्षमताको पानी आएमा जिल्लाको १९ गाविस बगाउने सक्ने खतरा बढेको छ ।
नेपाल भारतका अधिकारीबीच भएको सहमतिअनुसार बाँध, नहर मर्मत ठोकर मर्मत कार्यमा बुटवलको बालुवा प्रयोग गनुपर्ने भए पनि त्रिवेणीको नै गुणस्तरहिन बालुका प्रयोग गरेकाले निर्माण गरिएको ब्लकहरू भत्किँन सुरु गरेको हो । गत वर्ष गण्डक पीडितले गण्डक बाँधका कारण १२ वटा गाविसमा डुबान कटान गर्दै आएकोले बाली र जग्गाको क्षतिपूर्तिको माग राखेर गत वर्ष भारततर्फ जाने मूल नहरमा डेढ महिनासम्म पानी बन्द गरेपछि भारत नारायणी नदीमा बाँधको ठोकर निर्माण, मर्मत ब्लक निर्माण गर्न सहमत भएको थियो ।
नारायणी नदीमा आएको बाढीले नदीको सतह गाउँको सतह भन्दामाथी भइसकेको समितिका प्रवक्ता गुप्ताले बताए । अहिले भारतले गरेको गुणस्तरहिन कामले गण्डक बाँध भत्केमा नवलपरासीको गुठीप्रसौनी, कुडिया, नर्सही, प्रतापपुरलगायतका १९ गाविस र भारतको गोरखपुर, महराजगन्ज, देवरीया र कुशीनगर जिल्लाका १ हजार भन्दा बढि गाउँ डुबानमा पर्ने सम्भावना रहेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.