१९ गाविस सचिवबिहिन
शम्भुराज रेग्मी
काठमाडौँ, साउन २२/रामेछापका ५५ गाविस मध्ये १९ वटा गाविस सचिव बिहिन रहेका छन् ।
लामो समयदेखि जिल्लाका १९ गाविस सचिव विहिन अवस्थामा रहेका हुन् । सचिव रिक्त रहेका १९ गाविस मध्ये मन्थली र गुम्देल गाविसमा भने अधिकृत स्तरको दरबन्दी परेको जिल्ला विकास समिति रामेछापले जनाएको छ ।
सचिवको पदपूर्तिका लागि लोकसेवा आयोग जनकपुरमा जानकारी पठाइएको तर त्यसको सबै प्रक्रिया पुर्याउन ५-६ महिना लाग्ने भएकाले तत्काल सचिवको पदपूर्ति हुन नसक्ने भएकाले १९ गाविस अहिले पनि सचिव बिहिन अवस्थामा रहेको जिविस रामेछापका नारायण सुवेदीले जानकारी दिए ।
उनले १९ मध्येका ७ जना सचिवले स्वेच्छिक अवकाश लिएकोले एकै पटक धेरै गाविस सचिव विहिन अवस्थामा पुगेको जानकारी दिए । जिल्लाका ५५ वटै गाविसमा सचिवको दरबन्दी पूरा हुन कठिन हुने बताउने सुवेदीले कतिपय सचिवहरू परीक्षणकालका लागि केही समय मात्र जिल्लामा आउने र सरुवा मिलाएर जाने गरेको बताए ।
स्थानीय विकास मन्त्रालयले समेत सरुवा गरेको केही दिन बित्न नपाउँदै थमैति गरिदिने गरेको जिविसले जनाएको छ । सचिव सरुवाको चिठी जिविसमा आइपुग्ने तर सचिव जिल्लामा नआइकन मन्त्रालयबाटै अर्कै ठाउँमा पुगिसक्ने गरेकाले जिल्लाम सचिवको कोटा कुनै दिन पनि पूरा हुन नसक्ने दावी सुवेदी गरे । हाल जिल्लाका ५५ मध्ये ३६ वटा गाविसमा मात्र सचिवहरू रहेका छन् ।
जिल्लाका ५५ गाविस मध्ये रामेछाप, रामपुर, बिजुलीकोट, चुचुरे, चिसापानी र खिम्ति गरी ६ वटा गाविसका सचिवहरू भने स्थानीय भएका कारण गाउमा नै बसेर सर्वसाधारणको काम गर्ने गरेका भए पनि अन्य गाविसका अधिकांश सचिवहरू भने सदरमुकाममा नै बसेर कामकाज सञ्चालन गर्दै आइरहेका छन् । यसबाट सेवाग्राहीले ठूलो समस्या व्यहोर्दै आएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.