पछिल्ला सामग्री :
उमावि शिक्षा परिषद्को चरम लापरबाही


नेस्वससेको सहयोगमागोरखा, साउन ३१/उच्च माध्यामिक विद्यालय शिक्षा परिषद्को चरम लापरबाहीका कारण गोरखाको हर्मीमा रहेको महेन्द्रलिला उच्च माविका कक्षा १२ को परीक्षा दिएका विद्यार्थी मध्ये २५ जना परीक्षा अनुपस्थित भएको नतिजा आएको छ ।

शिक्षा र व्यवस्थापन सङ्कायमा गरी ४० विद्यार्थीहरूले परीक्षा दिएकोमा शिक्षा सङ्कायका २४ र व्यवस्थापनको एकजनाको अनिवार्य अङ्ग्रेजीको नतिजामा अनुपस्थित देखिएको छ । विद्यार्थीहरू सबै परीक्षामा सहभागी भएको र हाजिरीसमेत भएकाले यो उच्च शिक्षा परिषद्को कमजोरी भएको विद्यालयका सहायक प्राचार्य केबी न्यौपानेको भनाइ छ ।

विविध कारणले यस्तो समस्या आउने गरेकाले विद्यालयले औपचारिक जानकारी पठाएपछि तत्काल त्यो समस्याको समाधान हुने विश्वास परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले दिलाए । तर गएको वर्ष पनि त्यस विद्यालयबाट परीक्षा दिएका मध्ये २ विद्यार्थी अनुपस्थित देखिएको नतिजा आएको र त्यस विषयमा परिषद्लाई जानकारी गराउँदा सुनुवाइ नभएपछि उनीहरूले दोहोर्‍याएर परीक्षा दिएको विद्यालयले जनाएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.