नेचुङ भन्सार कार्यालय तीन वर्षदेखि बन्द
हिमालीयुवा डेस्कमुस्ताङ, भदौ ६/चीनको स्वसासित क्षेत्र तिव्बतको सिमाना कोरल्ला नाकासँगै रहेको नेचुङ भन्सार कार्यालय तीन वर्षदेखि बन्द अवस्थामा रहेको छ ।
कार्यालय बन्द भएपछि दरबन्दीका कर्मचारी हाल हाजिर गर्नसमेत नजाने गरेको बताइएको छ । भन्सार कार्यालयको भवनमा हाल इलाका प्रहरी कार्यालय, छोसेर रहेको छ ।
भन्सार बन्द भएपछि नेपाल सरकारले वर्षेनी करोडौँको राजश्व घाटा भएको छ । मुस्ताङ र तिब्बतको सिमानामा अवस्थित कोरल्ला नाका भएर चिनियाँ बजारबाट वर्षेनी अर्बौँ मूल्य बराबरका पशु, कपडा, भाडाकुँडा एवम् दैनिक उपभोग्य सामग्री नेपाल भित्रिने गरेको छ ।
सीमा प्रहरी कार्यालय लोमान्थाङका अनुसार साउन तेस्रो हप्तासम्ममा २ करोड ३० लाख मूल्य बराबरका सामन यो नाका हुँदै नेपाल भित्रिइसकेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.