पछिल्ला सामग्री :
जननायक विश्वेश्वरप्रसाद कोइरालाको जीवनी...!

साहित्यकार एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट भारतमा भयो ।

वि.सं. १९८६ सालमा चन्द्रशमशेरको निधनपश्चात कोइराला-परिवार स्वदेश फक्र्यो । वि.सं. १९९२ साल विश्वेश्वरप्रसाद कोइराला (बी.पी.) ले नेपाली साहित्यमा प्रवेश गरेको वर्ष हो । कवि सिद्धिचरण श्रेष्ठद्वारा सम्पादिन 'शारदा' पत्रिकामा बी.पी. को पहिलो नेपाली कथा 'चन्द्रवदन'को प्रकाशन भएको हो । वि.सं. १९८७-८८ मा पहिलोपटक जेल पर्नुभयो । वि.सं. १९९१-९२ मा राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक एवं वि.सं. १९९३ सालमा कलकत्ता विश्वविद्यालयबाट स्नातक गर्नुभयो ।

वि.सं. १९९४ सालमा काठमाडौँ पसी जागिरको खोजी, वि.सं. १९९५ मा काठमाडौँ छोडी वकालतका लागि दार्जिलीङ जानुभयो ।सन् १९३७ (वि.स. १९९४/९५) मा सुश्री सुशीला उपाध्यायका साथ विवाह सम्पन्न भयो । सन् १९४२ मा कांग्रेस सोसलिष्ट पार्टी बिहार शाखाको संगठन सचिवको हैसियतले 'भारत छोडो आन्दोलन' मा सक्रिय भूमिका निर्वाह गर्दागर्दै गिरफ्तार (पटनामा) भएपछि जेलमै डा. राजेन्द्रप्रसादसँग सम्पर्कका आउनुभएको थियो ।

सन् १९४६ मा डा. राजेन्द्र्रप्रसादको सहयोगमा बी.पी.को बम्बईमा क्यान्सर उपचार प्रारम्भ भयो । त्यसैताका कृष्णप्रससाद भट्टराईसँग घनिष्ठ सम्पर्क भयो । २००३ साल कार्तिक १५ गते "अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस" को स्थापना गरी संयोजकको कार्यभार बहन गर्नुभयो । त्यही साल (सन् १९४७ जनवरी २६ मा) भवानीपुर (कलकत्ता) स्थित खालसा कलेजको एउटा युवा सम्मेलनमा गणेशमानसिंहसँग पहिलो भेट भयो । त्यही सम्मेलनमा टंकप्रसाद आचार्य -जो त्यसबेला काठमाडौं जेलमा हुनुहुन्थ्यो।) सभापति र कार्यबाहक सभापति बी.पी. रहेर नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । वि.स.२००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ साल बैशाखमा काठमाडौंमा भएको कांग्रेसको महाधिवेशनमा सभापति हुनुभयो ।

यसैबीच २०१२ साल कार्तिक १० गने 'नेपाल तरुण दल'को गठन गर्नुभयो । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसद्को चुनावमा विराटनगर क्षेत्रबाट बी.पी. विजयी भई २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म प्रधानमन्त्री रहनुभयो । २०२५ सालमा जेल मुक्तभएपछि भारत हुँदै युरोपमा उपचारका लागि जानुभयो । २०३६ सालमा जेठ २५ गते जनमतसंग्रहको घोषणाका लागि झण्डै २ दशकपछि खुल्लामञ्चमा सम्बोधन गर्नुभयो । रोगले सतायो । २०३९ साल जेठ ८ मा देशवासीका नाममा ओछ्यानबाटै मार्मिक सन्देश दिनुभयो । वीर अस्पतालबाट थाइल्याण्ड लगियो । २०३९ साल साउन ६ गते (स्वदेश फर्केपछि) निधन भयो ।

उहाँका प्रकाशित कृतिहरूमा उपन्यासतर्फ - तीन घुम्ती (२०२५), नरेन्द्र दाई (२०२६), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहूदी (२०४०), बाबु, आमा र छोरा (२०४५), एवं कथातर्फ - मेरो कथा (२०४०), दोषी चश्मा (२००६), र श्वेत भैरवी (२०३९), हुन् । उहाँको चित्र अंकित पहिलो हुलाक टिकट २०४७ षौष १६ गते (सन् १९९० डिसेम्बर ३१ तारिख) प्रकाशन भयो । सो टिकट प्रकाशन गर्न २०४७ जेठ २९ गते स्याङ्जा निवासी श्री डी. आर. पौड्यालले तत्कालीन सञ्चारमन्त्री योगप्रसाद उपाध्याय कहाँ लिखित सुझाव पठाउनुभएको थियो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.