पछिल्ला सामग्री :
देश निकासतर्फ उन्मुख : ओली

काठमाडौँ, १५ मंसिर/ नेकपा एमालेका नेता केपी ओलीले राष्ट्रपतिको पछिल्लो कदमसँगै मुलुक निकासको बाटोतर्फ अगाडि बढको बताउनुभएको छ ।

एमाले सम्बद्ध युवा संघ नेपालको आठांै विधान सम्मेलनको आज राजधानीमा समुद्घाटन गर्दे ओलीले वर्तमान सरकारकै कारण मुलुकमा गत्यारोध लम्बिएको आरोप लगाउँदै राष्ट्रपतिको पछिल्लो कदमसँगै मुलुक निकासको बाटोतर्फ अगाडि बढको बताउनुभएको हो ।

उहाँले सरकार आफैंले घोषणा गरेको मंसिर ७ को निर्वाचन गर्न नसकेपछि प्रधानमन्त्रीको कुर्सीमा बस्नुको कुनै औचित्य नभएको उल्लेख गर्नुभयो । वर्तमान सरकार असंवैधानिक भइसकेकाले राष्टपतिको आह्वानलाई स्वीकार गर्दे एकीकृत माओवादीले मार्ग प्रसस्त गर्नुपर्ने उहाँको भनाइ छ ।

आजबाट सुरु भएको युवा संघ नेपालको विद्यान सम्मेलनमा संघका अध्यक्ष महेश बस्नेतले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हरिबहादुर राईले विद्यान मस्यौदा, अर्का उपाध्यक्ष दिलु पन्तले राजनीतिक प्रस्ताव, महासचिव निरज आचार्यले सांगनिक प्रतिवेदन तथा कोषाध्यक्ष निरु पालले आर्थिक प्रस्ताव प्रस्तुत गर्नु हुने भएको छ ।

भोलिसम्म चल्ने सम्मेलनमा देशभरबाट पाँच सय १३ प्रतिनिधि सहभागी भएका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.