पछिल्ला सामग्री :
करण सिंह नेपालमा

करण सिंह
काठमाडौँ, १५ मंसिर/ भारतीय कांग्रेसका वरिष्ठ नेता करण सिंह आज नेपाल आउनुभएको छ । नेपाली राजनीतिमा सहमतीय प्रधानमन्त्रीको खोजीमा लागिरहेका बेला नेपालबारे जानकार मानिएका सिंह नेपाल आउनुभएको हो ।

सिंहको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ । उहाँले यसअघि राजनीतिक अवस्था बिग्रिएको समयमा दिल्लीको सन्देश लिएर नेपाल आउने गर्नुभएको थियो । यसअघि ०६२/६३ सालको जनआन्दोलनका समयमा पनि तत्कालीन राजा ज्ञानेन्द्र र दलहरूबीच सहमति गराउन प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रुपमा उहाँ नेपाल आउनुभएको थियो ।

दुई दिने नेपाल बसाइका क्रममा सिंहले राष्ट्रपति डा. रामवरण यादवलाई भारतमा हुने एक कार्यक्रममा सहभागिताका लागि निम्तो दिनुहुने भएको छ भने नेपालका धेरै राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम छ ।
 
नेपाल आए लगत्तै सिंह आर्मी अफिसर्स क्लबमा भएको एक कार्यक्रममा  सहभागी हुनभएको छ । त्यस्तै सिंह साँझ राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति शमशेर राणाले गर्नुहुने रात्री भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

रात्री भोजमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेता पनि सहभागी हुने बताइएको छ ।

सिंहलाई नेपालको राजनीतिमा महत्त्वपूर्ण प्रभाव राख्ने भारतीय नेताका रुपमा चिनिदै आएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.