युवाहरू लागुपदार्थ किन परीक्षण गर्दछन्
एचआइभी गतिविधि ::
क) नकारात्मक प्रभाव
जसरी मानव समुदाय सामाजिक रूपमै एक आपसमा आधारित छ र एक अर्काको नकारात्मक र सकारात्मक दुबै कुराले धेरैसजिलै प्रभावित गर्न पुग्छ । नेपालमा केटाकेटी र युवायुवतीहरू पनि यसको अपवाद हुन सक्दैनन् । जीवनमा सिक्ने र परिपक्व हुने क्रममा युवावर्ग र केटाकेटीहरू धेरै कुराहरूले प्रभावित हुन पुग्छन् । यसरी प्रभावित हुने क्रममा देखिएका बाटोहरूलाई नै अनुकरण गर्न पुग्छन् । तर केही अवसरहरूमा युवा तथा केटाकेटीहरू आफूले सिकेका कुराहरू परीक्षण गर्ने कोशिस गर्न पुग्छन जुन यिनीहरूमा परेको नकारात्मक प्रभावमा भर पर्छ । जसमा लागुपदार्थको प्रयोग पनि अपवाद हुन सक्दैन । नेपालमा मात्र नभएर विश्वभरिकै धेरै भागहरूमा लागुपदार्थको परीक्षण कै क्रममा थुप्रै दुव्र्यसनीहरूको संख्या बढ्दै गएर विशाल रूप लिइसकेको छ र यही कारणले थुप्रै प्रकारका लागुपदार्थहरू भित्रिएका छन् । निम्न कारणले युवाहरू लागुपदार्थ परीक्षण गर्दछन् ।
–लागुपदार्थ प्रयोगको महशुस गर्ने उत्सुकतामा ।
–आफूप्रतिको झुठो परिचय ।
–पश्चिमी शैलीको नकारात्मक प्रभाव ।
–आफूभन्दा अगाडिको पिंढीको नकारात्मक बानी व्यवहारहरूको अनुकरण ।
–अनावश्यक मनोरञ्जनको चाहना ।
–प्रभावित गर्न सक्ने अन्य कारणहरू ।
ख) दौतरी साथीहरूको दवाव
नेपालमा मात्र नभएर विश्वभरि नै पूर्व युवा अवस्थामा किन समूह अति आवश्यक छ ? के तपाईले यस बारेमा कहिल्यै सोच्नुभएको छ ? केही मनोवैज्ञानिक कारणहरू छन् ।
–आफ्नो बारेमा नसोची समूहलाई पछ्याउनु ।
–समूहमा गलत हो भने पनि कहिल्यै आफूलाई गलत नदेख्नु ।
–समूहमा सुरक्षा र वचावट हुन्छ भनि सोच्नु ।
–समूहमा धेरै शक्ति हुने हुँदा आफूलाई प्रिय शक्तिशाली र सफल महशुस गर्नु ।
पक्कैपनि सबै समूहहरू गलत हुँदैनन् । वास्तवमा धेरै समूहहरू राम्रा हुन्छन् । हामी सामाजिक प्राणी हौ र हामीलाई सामाजिक क्षमता अभिवृद्धि र एक अर्कोबाट सिक्नको लागि पनि समूहको आवश्यकता हुन्छ । तर जब समूह खराब हुन्छ, यसले आफ्नो बारेमा सोच्ने क्षमतालाई नै हटाई दिन्छ ।
यदी आफ्नो बारेमा सोच्न सकिएन भने आफू को हो भनेर बुझ्नै सकिदैन । आफू को हो भनेर नबुझ्नु वा आफूलाई चिन्न असक्षम छु भनेर सोच्नु धेरै नै अप्ठेरो कुरा हो । यस्ता प्रकारका डरहरूले गर्दा थुप्रै पागल प्रवृत्ति दोहोर्याउन मद्दत पुर्याउँछ र आउनु पर्ने परिपक्वताको लागि ढिलाई हुन पुग्छ । जो अझै पनि केटाकेटीपन देखाउँदैछन् एकपटक सोधौं त आफैंलाई, आफूमा कति परिपक्ता आएको छ ? र कतिले लागुपदार्थको दुरूपयोग गर्दै डर लाग्दो तरिकाले जीवन बिताइरहेका छन् ? यी तीनै व्यक्तिहरू हुनुपर्छ जसले माथि उल्लेखित गरेजस्तै बानी व्यवहारमा प्रदर्शन गर्छन् ।
निम्न लिखित बुँदाहरूलाई हेर्दै आफूलाई तुलना गर्नुहोस् वा सोध्नुहोस् ।
–छाडा र रिसाहा प्रवृत्ति देखाउनु ।
–अरूलाई नियन्त्रण गर्न चाहने र अरूको लागि मात्र सोच्ने ।
–विलक्षण प्रतिभा पनि निरुत्साहित हुनु । आडम्बर वा अनौपचारिक चाहना र पूरा रूपमा बफादारी देखाउनु ।
–समूहभन्दा बाहिरकालाई अनादार वा वास्ता नगर्नु ।
–मानिसहरू की त आफ्नो समर्थनमा या विपक्षमा मात्र छन् भनेर सोच्नु ।
–प्राथमिक कार्यको रूपमा नै मनोरञ्जनको खोजी गर्नु ।
–अरूको बारेमा धेरै विवेचना गर्नु ।
–आफ्नो कठिनाईहरूको लागि अनरुलाई दोष लगाउनु ।
–शक्तिलाई सबैभन्दा महत्वपूर्ण मान्ने र जितको मात्र अपेक्षा गर्ने ।
–धेरै नै जोखिम उठाउने ।
–आधिकारिता नियमावलीको उल्लघन गर्ने ।
–समूहमा आफ्नो अधिन जमाउन खोज्ने ।
यदि तपाई माथि उल्लेखित मध्ये कुनै प्रकारको समूहमा हुनुहुन्छ भने उनीहरूबाट टाढिनुहोस् । नकारात्मक समूहहरूमा रहेर कहिल्यै पनि राम्रो व्यक्ति बन्न सकिदैन ।
(ग) रीतिरिवाजको कारणले गर्दा पनि लागुपदार्थ दुरूपयोग हुन सक्छ :
हामी यस्तो पुरानो रीतिरिवाजमा बसिराखेका छौं, जसमा हजार हजार वर्ष पुराना नियमहरू छन् जुन बेग्लै खालको छ । कहिलेकाहीं हामीलाई यो थाहा पाउन पनि धेरै गाह्रो पर्छ कि वास्तवमा हामी को हो अथवा कुन चाहीं नियम पालना गर्ने । मिश्रित रीतिरिवाज अलि अप्ठ्ेरो हुन्छ । किनभने उनीहरू कहिले पनि एक आपसमा सहमत हुँदैनन् । त्यहाँ जटिल मनमुटाव पनि हुन सक्छ जसको परिणाम भयंकर हुन सक्छ । अब हामी हेरौं केही नेपाली रीतिरिवाजका मुख्य बुँदाहरू र तपाईंले निर्णय गर्न सक्नु हुन्छ की कुन चाहीं तपाईको लागि दिक्दारीपूर्ण छ वा लाग्छ ।
–पुरुष प्रधान समाज ।
–सहमति विवाह ।
–निश्चित पढाई ।
–नारीहरूको कुनै कुरामा बराबरी नहुने ।
–ठूलोले सानोलाई हेप्ने, दबाउने ।
–जातीय भेदभाव ।
–कडा पारिवारिक नियम ।
–बालकहरू बढी मात्रामा मातृमोहमा बस्ने ।
धेरैजसो युवाहरू दुईटै रीतिरिवाजको बीचमा बल्झी राखेका हुन्छन् । दुईवटा अलग–अलग रीतिरिवाजमा बसेर सन्तुष्ट हुन सधैं सम्भव छैन । त्यसको निम्ति हामीले नै ती दुई मध्ये एकलाई रोज्नु पर्ने हुन्छ । तर हामीले सोचे जस्तो हुन सधैं सम्भव छैन । त्यसको निम्ति हामीले नै ती दुईमध्ये एकलाई रोज्नु पर्ने हुन्छ । तर हामीले सोच जस्तो कहिले पनि हुँदैन । दिक्दारीले प्राय: जहिले पनि निराश, बदलाको भावना, विद्रोही, रिसाहा, तहसनहस गर्ने व्यवहारमा परिणत गरिदिन्छ । यो सबै चाहीं युवाहरूको लागि ठूलो विषय हो । आदानप्रदान तब टुट्छ जब मानिसहरूले इच्छा गर्दैन, अथवा कुनैपनि साँचो भावना व्यक्त गर्न असक्षम हुन्छ । तिनीहरूले भावनात्मक रूपले बन्द अथवा आफ्नो समस्याको निम्ति अलगै तरिका खोज्ने प्रयास गर्दछन्, जुन चाहीं भयंकर अथवा आफैंलाई खतम वा ध्वस्त गर्ने हुन्छन् । मानसिक दवाव भन्ने कुरा लामो समयसम्म खप्नको लागि कुनैपनि मानिसक पीडा हटाउने समाधान नखोजेसम्म मानसिक पीडा खप्न गाह्रो हुन्छ । युवाहरू आफ्नो राम्रो (असल) भविष्यको लागि भोका र पागल भई राखेका हुन्छन् । सामान्यतया परिवार साथीभाई, रीतिरिवाजहरूको सहायता विना र उनीहरूलाई नबुझिदिदाँ उनीहरू निरास हुन्छन् र उनीहरू आफ्नै तरिकाले सबै कुरा गर्न खोज्छन् । धेरैजसो दुव्र्यसनको लतमा फस्छन् र कहिले पनि राम्रो बाटो भेट्दैनन् अथवा पुर्नस्थापित हुनको लागि सहयोगी वातावरण भेट्दैनन् । त्यसो भए सन्देश के हो त ? फेरी एकफेर तपाईलाई यस्तो एकजनाको आवश्यकता छ, जसलाई तपाई विश्वास गर्नुहुन्छ जुन व्यक्ति अनुभवी छ । जोसँग तपाईं आफ्नो समस्याको बारेमा कुरा गर्न सक्नुहुन्छ । डराउनै पर्ने कुनै कारण छैन त्यस्तो व्यक्तिको सामु पुग्नको निम्ति ।
(घ) नकारात्मक पारिवारिक व्यवहारले लागुपदार्थ दुरूपयोगमा पुर्याउने सहयोगका स्थितिहरू :
हामी सबै बस्ने परिवारमा समस्या हुन्छन् । तर हामी मध्ये केहीको परिवारमा गम्भिर समस्याहरू हुन्छन् । जुन यसप्रकार छन् :
–पारिवारिक सदस्यहरू वा आमा बाबुको बीचमा लगातार भइरहने विवाद ।
–गरिबी वा सम्पत्तिको मुद्दाहरू ।
–साँघुरो पारिवारिक अवस्था पर्याप्त र गोपनियताको अभाव ।
–परिवारभित्र हुने रक्सी र अरू लागुपदार्थको दुरूपयोग ।
–यौन तनाव ।
–दाजुबहिनीबीचको भेदभाव ।
–हिंसा ।
–दवाव र कडा अनुशासन गर्ने ।
–आमा बाबुबीचको सम्बन्ध तोडिनु ।
–आमा बाबुद्वारा गरिने छोराछोरीको दक्षता र योग्यता माथिको अनादार वा अवमूल्यन ।
जब तपाईको परिवारले तपाईलाई सहयोग गर्दैन, तब तपाईं समस्याहरूलाई रचनात्मक तरिकाले समाधान गर्न प्राय: निराश महशुस गर्न सक्नुहुन्छ । अन्त्यमा, तपाईं मात्र तपाईंको परिवारको प्रमुख व्यक्ति नभएको महशुस हुन सक्छ, जसको कारण दुव्र्यसन हुने सम्भावना धेरै हुन्छ ।
दुव्र्यसनमा फसेकाहरूका लागि केही सल्लाह
१) मैले ड्रग्स लिएर गल्ती गरिरहेछु भन्ने कुराको विश्वास गर्न ढिला नगर्नुहोस् ।
२) मैले लिइरहेको ड्रग्स आफूले चाहेकै भरमा छोड्न नसकिने हुन्छ र यसले मलाई दुव्र्यसनी नै बनाउँछ भन्ने कुरामा कुनै शंका नगर्नुहोस् ।
३) म यसबाट बाहिरिन नसके पूरा जीवन बाँच्न पाउने छैन भन्ने कुरामा विश्वास लिनुहोस् ।
४) जति समय बाँच्छु त्यति समय परिवार, व्यवसाय र पढाईमा असफल नै हुन्छ भन्ने कुरामा शंका नलिनुहोस् ।
५) घर दुव्र्यसनका दृष्टिले खतरनाक स्थान हो, भन्ने मान्नुहोस् ।
६) ड्रग्स लिएको कुरा लुकाउनतिर लाग्नु हुँदैन भन्ने विश्वास लिनुहोस् ।
७) पारिवारिक सहयोग लिएर उपचार केन्द्र जान ढिला गर्नु हुँदैन भन्ने कुरामा विश्वास राख्नुहोस् ।
८) खराब साथी, सञ्चार र सवारी साधन मेरा लागि घातक हुन्छन् भन्ने धारणा राख्नुहोस् ।
९) निन्द्रा नपर्ने र जीउ दुख्ने समस्या लागु औषधले नै ल्याएको हो भन्ने विश्वास गर्नुहोस् ।
१०) उपचार केन्द्र मेरा जीवन जोगाउने स्थान हो भन्ने कुरामा शंका नगर्नुहोस् ।
११) उपचार केन्द्रमा लगिदिन सहयोग गर्नेहरूलाई धन्यवाद दिनुपर्छ भन्ने धारणा राख्नुहोस् ।
१२) उपचार केन्द्रको नियमहरू राम्ररी पालना गरी त्यहाँ हुने कार्यक्रमहरूलाई गम्भिर ढड्डले पूरा गर्नुहोस् ।
१३) उपचार केन्द्रबाट भाग्ने विचार नगर्नुहोस् ।
१४) उपचार केन्द्रमा रहँदा नकारात्मक कुराहरू नगर्नुहोस् ।
१५) पारिवारिक सदस्यहरू भेट्न आउँदा हाँसेर कुरा गर्नुहोस् । उनीहरूलाई डिस्चार्ज गराइदिन कुनै अनुरोध वा दवाव नदिनुहोस् । तिनैको सहयोगले मैले नयाँ जीवन पाउँदैछु भन्ने सोचाई राख्नुहोस् ।
१६) म अब ठिक भएँ अनि आफूले आफ्नै मूल्यांकन गर्ने काम नगर्नुहोस् ।
१७) म अरू जस्तो दुव्र्यसनमा परेको व्यक्ति होइन भन्दै आफू अरूभन्दा नबिग्रिएको भन्ने धारणा नराख्नुहोस् ।
१८) उपचार केन्द्रहरूले सञ्चालन गरेका दुव्र्यसन विरुद्ध कार्यक्रमहरूमा सधैं भाग लिनुहोस् ।
१९) उपचार केन्द्रमा आइ पर्ने दैनिक कामहरू गर्न सधैं अगाडि बढ्नुहोस् ।
२०) उपचार पश्चात एकैपल्ट घरमा नगई बिस्तारै बिस्तारै समाजमा फर्कने तयारी गर्नुहोस् ।
२१) कुनै जागिर, व्यवसाय वा पढाईको अवसर स्वदेश वा विदेशमा पाइयो भन्दैमा उपचार छोडी त्यता नजानुहोस् । दुई वर्ष ड्रग्सबाट मुक्त नभई त्यस्ता काम नगर्नुहोस् ।
२२) उपचारमा रहँदा बाहिरी दुनियाँ बिर्सी त्यहीं उपचारकै दुनियाँमा रमाउनुहोस् ।
२३) दुव्र्यसनमा परेको समयमा विवाह नगर्नुहोस्
उपचारपश्चात् :
–कुनै निश्चित योजना नबनाई उपचार केन्द्रबाट डिस्चार्ज नहुनुहोस् ।
–डिस्चार्ज भए पश्चात पनि निश्चित सम्पर्कमा रहिरहनुहोस् ।
–उपचार केन्द्रबाट निस्केपछि पूरा लागु औषध लिने साथी, स्थानसँग बिल्कुलै सम्पर्कमा नआउनुहोस् । (यद्यपि यस विषयमा विभिन्न मत रहेको पाइन्छ ।)
–उपचार पश्चात् लागु औषध नलिने साथीभाइको जमातसँग संगत बढाउनुहोस् ।
–दुव्र्यसनमा पर्नु अगाडि आफू जे हुन्छु भनी अध्ययन गर्ने वा काम गर्ने गरिएको थियो, भोली दुव्र्यसनबाट मुक्त भएपछि त्यही पुरानो सपना पूरा हुन्छ नै भन्ने कुरामा अडिग लिएर नबस्नुहोस् । आफ्नो सुरक्षा हेरेर समय अनुसार योजनाहरू परिवर्तन गर्नुहोस् ।
–साना–साना कुरामा खुशी रहन सिक्नुहोस् । साधारण र नियमित जीवनको अभ्यासको बानी बसाल्नुहोस् ।
–दुव्र्यसनमुक्त भई प्राप्त गरेको नयाँ जीवनलाई नै ठूलो उपलब्धी हासिल भएको ठान्नुहोस् ।
–म सामान्य मानिसभन्दा लागुऔषधको अगाडि कमजोर छु भन्ने कुरा महशुस गरी लागु औषधसँग भेट हुने स्थानबाट टाढै रहने प्रयास गर्नुहोस् ।
–आफूले दु:ख दिएकाहरूसँग माफी मागी तिनलाई राम्रो गरिदिन प्रयास गर्नुहोस् ।
–कसैलाई पनि विश्वासघात नगर्नुहोस् ।
–आफ्नो लागु औषधमुक्त शरीरको औधी माया गर्नुहोस् ।
–आफ्नो जीवन अरूको भलाईका कार्यमा समर्पित गर्नुहोस् । दुव्र्यसनविरुद्ध अभियानमा सक्रिय हुनुहोस् ।
–ज्यादै धन कमाउने अभिलाशा नराख्नुहोस् । धनले पुन: व्यक्तिलाई दुव्र्यसनमा लैजान सक्छ ।
–आफूलाई सक्षम बनाउन आवश्यक पर्ने सीपहरू सिक्नुहोस् । आफ्नो खुट्टामा उभिन सक्षम बन्नुहोस् । परिवारको आर्थिक बोझ हुने कारण नबन्नुहोस् ।
–दुव्र्यसनबाट बाहिरिएपछि आफ्नो जीवनलाई सुरक्षित ढंगले अगाडि बढाउनुहोस् ।

![]() |