लगानी भित्र्याउँदै प्रवासी
शालिकराम आचार्य, ओमान/ सर्वत्र गैरआवासीय नेपालीले देशमा लगानी भन्दै आवाज उठिरहेका वेला लगानीका विषयमा गम्भीर हुँदैछन खाडीका नेपाली पनि ।
लामो समयदेखि गैरआवासीय नेपालीहरूले नेपाल सरकार तथा नेपाली जनतालाई लगानीका नाउँमा अलमल पारेका वेला प्रवासी नेपालीहरूको यस कार्यलाई सराहनीय मान्न सकिन्छ । लगानीका विषयलाई उठाउँदै थोपा–थोपाबाट समुद्र हुन्छ भनेझैँ ओमनको राजधानी मस्कटस्थित प्रवासी नेपालीले पनि थोरै रकम संकलन गरी ठूलो काम गर्ने उद्देश्य लिएर भिजन डेभलपमेन्ट कमिटीको स्थापना गरेका छन् ।
२०१० मा स्थापना भएको यो कमिटी तथा २०११ मा सुरु गरिएको न्यु भिजन डेभलपमेन्ट कमिटीको वार्षिकसभा सम्पन्न भएको छ । कमिटीका ज्येष्ठ सदस्य युवराज अर्यालको अध्यक्षता तथा धनबहादुर क्षेत्रीको सञ्चालन रहेको सभाको अथितिमा मिलिजुली सहकारी समूहका अध्यक्ष चन्द्रमणि शर्मा थिए ।
भिजन डेभलपमेन्ट कमिटीको वार्षिकसभामा गत वर्षको हिसाबको लेखाजोखा विवरणका साथै नेपालमा लगानीका सम्भावित क्षेत्रबारे छलफल गरिएको थियो । छलफलमा सबैले कृषिलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए । भिजन डेभलपमेन्ट कमिटीले दुईजना सर्वसम्मति तथा एकजनालाई बहुमतका आधारमा तीन सदस्यीय प्रबन्ध समिति चयन गरेको छ ।
जसमा महाप्रबन्धक धनबहादुर क्षेत्री, उप–प्रबन्धकमा शालिकराम आचार्य तथा लेखापालमा विष्णु अर्याल चयन भएका छन । कार्यक्रममा न्यु भिजन डेभलपमेन्ट कमिटी तथा भिजन डेभलपमेन्ट कमिटीलाई समावेश गरिएको छ । दुवै कमिटीलाई एक बनाएर अगाडि बढेमा लगानी मा सहुलियत हुनुका साथ सबै सदस्यहरूलाई पनि मुनाफा हुने जानकारी कमिटीका प्रबन्धक धनबहादुर क्षेत्रीले बताएका छन् ।
दुवै कमिटीलाई एक बनाएको ५६ सदस्यीय कमिटीको कोषमा लगभग ७० लाख रुपैयाँ जति संकलन भएको तथा मासिक तीन लाख थप संकलन भइरहेको जानकारी कमिटीका लेखापाल विष्णु अर्यालले बताएका छन् । यस कमिटी समूहले ओमानका सबै साना ठूला कोषलाई समेटेर करोडौँ रुपैयाँ देशमा भित्र्याउने तयारी रहेको तथा कृषिमा लगाउने उद्देश्य रहेको छ ।

![]() |