पछिल्ला सामग्री :
एकै ठाउँमा बसेर छलफल गर्नुहोस् : राष्ट्रपति

चितवन, २५ पुस/ राष्ट्रपति डा. रामवरण यादवले सवै दलहरूलाई एकै ठाउँमा बसेर सहमति खोज्न आग्रह गर्नुभएको छ ।

चितवनको नारायणी नदि किनारमा आजबाट सुरु भएको चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति यादवले देशलाई निकास दिनका लागि दलहरू एकै ठाउँमा बसेर छलफल गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बताउनुभयो ।

देशमा संवैधानिक निकाय रिक्त हुँदै गएको तर्फ ध्यानाकार्षण गराउँदै राष्टपति यादवले कुनै एक दलले मात्रै देश सञ्चालन गर्न नसक्ने भएकाले दलहरू तत्काल सहमतिमा पुग्नुको विकल्प नभएको बताउनुभयो ।
 
सहमतीय सरकार गठन गर्ने र चुनाव गराएर देशलाई निकास दिन तर्फ दलहरू लाग्नु पर्नेमा राष्ट्रपति यादवको जोड छ । संविधान भन्दामाथि जान नसक्ने भन्दै राष्ट्रपति यादवले आफूले सहमतिका लागि समन्वयकारी भुमिका मात्रै खेल्न सक्ने बताउनुभयो ।

सहमतिका लागि दबाब दिन आफूले भोलि प्रमुख दलहरू र पर्सी विगठित संविधानसभाका सम्पूर्ण दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको सो अवसरमा जानकारी दिनुभयो । राजनीतिका कारण देशको अर्थतन्त्र निकै कमजोर भएको भन्दै उहाँले देशको विकास लागि पनि राजनितिक सहमति आवश्यक रहेको बताउनुभयो ।

पटकपटक राजानीतिक परिवर्तन भइरहेका कारण पनि नेपालको विकास हुन नसकेको राष्ट्रपतिको भनाइ थियो ।
IP