महिलालाई दुईतिर खुट्टा राखेर मोटरसाइकल चढ्न निषेध
हरेक देशको आ आफ्नै कानून हुन्छ ।
इन्डोनेसियाको एइच प्रान्तको एक सहरमा हालसालै मात्र एउटा कानून लगाएको छ
जहाँ महिला यात्रीलाई पुरुषको पछाडि दुईतिर खुट्टा राखेर मोटरसाइकल चढ्न
निषेध गरिएको छ । सरया कानुनअन्र्तगत सो निषेध गरिएको बीबीसीले जनाएको छ ।
लोकसिउमवाका मेयर सुआडी याहाले मानिसलाई नैतिक र चरित्रवान् बनाउन सो कानुन
लागू गरिएको बताए ।सो नियमबारे जानकारी गराउन सरकारी कार्यालय र सहरका बासिन्दालाई पर्चा वितरण गरिएको समाचारमा जनाइएको छ । सारिया कानुन इन्डोनेसियाको एक मात्र प्रान्त एइचमा लागू हुन्छ ।
![]() |


