पछिल्ला सामग्री :
विचार र सिद्धान्तमा विचलन आएकाले सम्बन्ध विच्छेद : वैद्य

काठमाडौँ, २५ पुस/ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी नेतृत्वमा विचार र सिद्धान्तमा विचलन आएकोले सम्बन्ध विच्छेद गर्नु बताउनुभइको छ । वैद्यले जनयुद्धप्रति एकिकृत माओवादीले धोका दिएको बताउनुभएको छ ।

नेकपा–माओवादीको ७औं महाधिवेसन उद्घाटन गर्दै वैद्यले यस्ते बताउनुभएको हो । २१ वर्षपछि सुरुभएको महाधिवेसनमा देशभरीबाट झन्डै १ हजार ६ सय जना प्रतिनिधि र पर्यबेक्षकहरूको सहभागिता रहेको छ ।

उहाँले तीन वा चार दलले जनतालाइ धोका दिएर गरेको कुनै सम्झौता नमान्ने बताउनुभयो । जनताको अधिकारका लागि जुनसुकै बलिदानी दिन तयार रहेको वैद्यको भनाइ छ । उहाँले विदेशी शक्तिहरूले नेपालप्रति राख्ने गरेको गिद्धे दृष्टि बदल्न आवाश्यक रहेको औंल्याउनुभयो ।

त्यस्तै महासचिव रामबहादुर थापाले महाधिवेसनबाट नयाँ क्रान्तिको जन्म हुने बताउनुभयो । महाधिवेसनले दलहरूबीच भएको सुगौलीसंन्धि देखि १२ बँुदे सहमति र बाह्र बँुदे सहमतिदेखि अहिलेसम्मका संझौतालाई नयाँ विचारमा ल्याउने थापाको भनाइ छ ।

जनयुद्ध र क्रान्तिलाई धोका दिनेहरू आफै पतन भएर जाने  उहाँले जिकिर गर्नुभयो । उपाध्यक्ष सिपी गजुरेलले क्रान्ति प्रति विश्वास घात गर्नेहरूका कारण देश संकटमा परेको दाबी गर्नुभयो । देशमा संकट पैदा भइरहेकाले यसलाई निकास दिन महाधिवेसनले मुख्य भुमिका निभाउने गजुरेलको भनाइ छ ।

आगामी पुस २९ गतेसम्म हुने पार्टी महाधिवेशनको बन्द सत्र भने भोलिबाट प्रज्ञा भवन कमलादीमा हुने छ ।
IP

,