पछिल्ला सामग्री :
लिगका आजका खेलमा एनआरटी र आरसिटी विजयी


काठमाडौँ, २८ पुस/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा न्युरोड टिम एनआरटी र रानीपोखरी कर्नर टिम आरसिटी विजयी भएको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले मध्यपुर युथ एशोसिएसनलाइ तीन शून्यको गोल अन्तरले पराजित गरेको हो । एनआरटीलाई जित दिलाउने क्रममा सुसिल लामाले १ तथा अकिनले दुई गोल गरेका थिए ।

जितसँगै एनआरटी २२ अंकका साथ तालिकाको पाचांै स्थानमा छ भने मध्यपुर १० अंकका साथ रेलिगेशन जोनको १४आंै स्थानमा छ । त्यस्तै प्रतियोगीता आजै भएको दोश्रो खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले मनाङ मस्र्याङदीलाई दुई एकको  गोल अन्तरले पराजित गरेको हो ।

आरसिटीलाई जित दिलाउने क्रममा अमर ढंगोलले दुई गोल गरेका थिए भने मनाङ मस्र्याङदीबाट एकमात्र सान्त्वना गोल निराजन मल्लले गरेका थिए । जितसँगै गै आरसिटी २६ अंकका साथ तालिकाको तेश्रोस्थानमा छ भने, मनाङ २५ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।
IP