नेपाल बारको चुनावमा ८० प्रतिशत मत खस्यो
काठमाडौँ, २८ पुस/ कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि सम्पन्न चुनावमा ८० प्रतिशत मत खसेको छ ।राजधानीलगायत देशभरका ३३ वटा मतदान केन्द्रमा बिहान ९ बजेबाट मतदान अपरान्ह ४ बजेसम्म भएको चुनावमा ८० प्रतिशत मत खसेको बारले जनाएको छ । बारमा मतदाता सङ्ख्या जम्मा आठ हजार दुईसय ९५ रहेको थियो ।
अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र नौ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा कूल ४५ उम्मेद्वारले प्रतिस्पर्धा गदगरेका छन् । नयाँ कार्यसमितिका लागि तीन समूहबाट उम्मेद्वारी परेको छ ।
बारको नेतृत्वका लागि प्रजातान्त्रिक समूहबाट शेरबहादुर केसी, प्रगतिशील एवम् गणतान्त्रिक समूहबाट हरिकृष्ण कार्की र सङ्घीयतावादी समूहबाट अधिवक्ता सुरेन्द्र थापामगरले अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको छ ।
चुनावको मतगणना भोलिबाट सुरु हुने भएकाले भोली साझबाट नै प्रारम्भिक मतपरिणाम आउने बताइएको छ ।
![]() |


