पछिल्ला सामग्री :
राजनीतिक निकासका लागि एमालेको भेटवार्ता तीव्र

काठमाडौँ, २८ पुस/ राजनीतिक निकासको नयाँ उपायबारे नेकपा एमालेले शनिबार नेपाली कांग्रेस र एकीकृत माओवादीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

शनिबार कांग्रेस सभापति सुशील कोइरालानिबास महाराजगन्ज पुगेका एमालेका शीर्ष नेताहरूले राष्ट्रिय सहमतिका लागि भन्दै कोइरालाले दिएको उम्मेदवारीबारे पुनर्विचार गर्न कांग्रेसलाई औपचारिक रूपमै आग्रह गरेको छ ।

बैठकमा तत्काल राष्ट्रिय सहमति कायम गर्नका लागि हुने सक्ने अन्य विकल्पहरूबारे पनि छलफल भएको थियो । राष्ट्रिय सहमतिको मुख्य बाधक मुख्य सत्तारुढ घटक एकीकृत माओवादी नै भएको भन्दै तत्काल सहमति नभए आन्दोलन गर्ने विषयमा पनि छलफल भएको छलफलपछि नेताहरूले जनाएका छन् ।

त्यस्तै एकीकृत माओवादीका नेताहरूसँग छलफल गर्न अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा पुगेका एमाले नेताहरूले सरकार छाडेर सहमतिका आउन आग्रह गरेका थिए । जवाफमा एकीकृत माओवादी नेताहरूले नयाँ निर्वाचन र निर्वाचनमार्फतको संविधानसभाले संविधान लेख्ने आधार तयार नभएसम्म सरकार नछाडने अडान व्यक्त गरेका थिए ।

छलफलपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिपतिले दिनुभएको समयसीमाभित्रै सहमति आउन आग्रह गरिएको जानकारी दिनुभयो । छलफलपछि आजै स्थायी समितिको बैठकमा सहमतीय सरकार गठनका विषयमा समीक्षा हुने एमालेले जनाएको छ ।
-नेपालवाणी
IP

,