पछिल्ला सामग्री :
बारको नयाँ नेतृत्व, अध्यक्षमा प्रगतिशीलका कार्की (विजयीको नामसहित)


काठमाडौँ, ४ माघ/ कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील प्यानलका हरिकृष्ण कार्की विजयी भएका छन् । 
 
उनी ७१ मतले लोकतान्त्रिक प्यानलका शेरबहादुर केसीलाई पछि पार्दै विजयी भएको निवर्तमान अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । चार उपाध्यक्ष पनि प्रगतिशील प्यानबाटै विजयी भएका छन् भने एकजना लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका छन् ।
 
महासचिवमा भने लोकतान्त्रिक प्यानलबाट सुनीलकुमार पोखरेलले प्रगतिशीलका दीनबन्धु पोखरेललाई पराजित गर्नुभएको छ । यस्तै प्रगतिशीलका तर्फबाट सदस्यमा चारजना निर्वचित भएका छन् ।
 
प्रगतिशीलका तर्फबाट विजयी हुने उपाध्यक्षहरूमा मध्यमाञ्चलबाट टीकाराम भट्टराई, पश्चिमाञ्चलबाट अनिता गुरुड, मध्यपश्चिमबाट पद्मप्रसाद वैदिक र सुदूरपश्चिमबाट राजेन्द्रप्रसाद साउँद विजयी हुनुभएको छ ।
 
त्यसैगरी लोकतान्त्रिकतर्फबाट विजयी हुनेमा पूर्वाञ्चलबाट उपाध्यक्ष जनक पाण्डे, महासचिव सुनीलकुमार पोखरेल र कोषाध्यक्षमा मोहन इङनाम विजयी हुनुभएको छ । यस्तै अन्य पााचजना सदस्य पनि लोकतान्त्रिकका तर्फबाट विजयी भएको निवर्तमान अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
 
बारको नयाँ नेतृत्वका लागि गएको शनिबार देशभरका ३३ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
IP

,