पछिल्ला सामग्री :
पप्पुलाई अध्यक्ष बनाएपछि ठप्प भए देशैभरका हल

काठमाडौँ, १४ माघ/ सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेपछि त्यसको विरोधमा चलचित्रकर्मीहरूले आजदेखि देशैभरका चलचित्र हलहरू ठप्प पारेका छन् ।

आफ्ना मागहरू लिएर प्रधानमन्त्रीलाई भेटेको चार घन्टा बित्न नपाउदै धर्मेन्द्र मरवैता ‘पप्पु’लाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिनु धोका भएको ठहर गर्दै उनीहरूले चारबुँदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत आजदेखि देशैभरका सम्पूर्ण चलचित्र घर, सुटिङ, पोस्टप्रोडक्सन पूर्ण रूपमा ठप्प पार्ने, बोर्डका नवनियुक्त अध्यक्ष पप्पुलाई बोर्ड प्रवेशमा निषेध गरी सार्वजनिक बहिष्कार गर्ने, जारी रिले अनशनलाई हालकै स्थानमा यथावत् राख्नेलगायत रहेका छन् ।

यसैबीच आन्दोलित चलचित्रकर्मीहरूले आज बिहान ११ बजे चलचित्र विकास बोर्ड परिसरमा अन्तरक्रियाको पनि आयोजना गरेका छन् ।
IP

,