पछिल्ला सामग्री :
गाविसको बजेट झ्वाम

जनकपुरधाम, १४ माघ/ धनुषाको लक्ष्मीनिवास गाविसका सचिव ब्रह्मदेव राउत र सहायक सचिव कौशल महतोले मिलेमतोमा गाविसको लाखौँ रकम अनियमितता गरेको रहस्य खुलेको छ ।

गाउँ परिषद्मा सचिवले गाविसमा आर्थिक वर्ष ०६८/६९ मा जम्मा १५ लाख रुपैयाँ खर्च भएको बिल भरपाइ पेस गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो । गाविसको वडा नम्बर ५ र ६ मा आठ लाख १४ हजारमा गराइएको ग्राभेलमा सचिवले तीन लाख ६१ हजार रुपैयाँ थप गरी ११ लाख ७५ हजार चार सयको बिल भरपाइ पेस गरेका थिए ।

तर, ग्राभेल उपभोक्ता समितिका अध्यक्ष अर्थमान लामाले आफूहरूले आठ लाख १४ हजार रुपैयाँको मात्र ग्राभेल गराएको जानकारी दिनुभयो ।
- जितेन्द्रप्रसाद सिंह
IP