पछिल्ला सामग्री :
‘अपराध स्वीकार गरिसकेका छन्’

नेपालवाणी नेटवर्कको वाणीबहसमा सहकर्मी ऋषि धमलाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गर्नुभएको कुराकानी ।

प्रधानमन्त्रीले किन पत्रकारहरूको हत्यारालाई कारवाही गर्न सकिदैन भन्नुभाछ ?
यो अमानवीय कुरा हो र अलोकतान्त्रिक कुरा पनि हो सर्वसत्तावादी कुरा पनि हो । मानव अधिकार विरोधी कुरा पनि हो  । यति ठूलो अपराध भएको छ अपराधीहरूले अपराध स्वीकार गरिसकेका छन् तर त्यस्ता अपराधीहरूलाई बचाउन मुलुकको प्रधानमन्त्री लाग्दैछ भन्ने कुरा सुन्नु जान्नु पर्दा खेरि हाम्रो शिर निहुरेको छ । यी प्रधानमन्त्रीले हामी सबैको शिर निहुर्‍याइदिएको छ यतिबेला ।

प्रधानमन्त्रीले यसले शान्ति प्रक्रिया भाडिन्छ भन्नु भाछ ?
त्यो बेकारको कुरा हो । शान्ति प्रक्रियको नाममा यो जनयुद्धको नाममा जुन प्रकारको अपराध भाका छन् ती सम्पूर्ण नासित त हुदैन नि ती घटनाहरू क्रममा कयौ जाचबुझ हुन्छन् । हामीले सत्य निरुपर्ण आयोग बनाईसकेका छैनौ । ती प्रक्रियामा पनि जाँचबुझ हुन्छन् । त्यसमाथि त्यो कालखण्डमा भएका तमाम अपराध घटनाक्रम कसरी छोपिन सक्छन् । कोहि पनि अपराधीले गरेको अपराधहरू यदि सम्पुर्णरुपले तथ्य सम्वत छन् भने यी कुराहरू जाँचबुझ हुनसक्छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमति भएको होइन र ?
दलहरूको बीचमा जे प्रकारको सहमति भाको हो । त्यो अनुसार खै सत्य निरुपर्ण आयोग बनेका सत्य निरुपर्ण आयोग जबसम्म बन्दैन तबसम्म यस्ता घटनाक्रमहरूलाई के गरि हेर्ने भन्ने सन्दर्भमा अझै पूर्णता प्राप्त हुदैन । यो कुरा ढिलाई कसले गर्‍यो । ढिलाई  सरकारले गरेको होइन स्वयम् माओवादीले गरेको होइन । अनि यस्ता कुरामा आफै ढिलाई गर्ने आधारहरू नबनाउने अनि अपराधीहरूलाइ बचाउने कुरा हुनसक्छन् ।

सहमति सहकार्य अति अनिवार्य आवश्यकता भएको बेला यो मुद्दा उचालिएको छ नि ?
यो एउटा घटना क्रम हो । घटनाक्रममा अपराधीहरूलाई खोज्ने क्रममा प्रशासनले जारी राखेको हुन्छ । जुन बेला अपराधी फेला पर्छन् त्यति बेला गिरºतार गर्ने कुरा हुन्छ । आºनो स्वाभाविक प्रक्रिया हो यो हस्तक्षेप गर्नु हँुदैन ।

प्रधानमन्त्री ज्यूले जुन किसिमको हस्तक्षेप गर्नु भयो, यसले के संकेट गर्छ ?
यसले मुलुकलाई अरु नराम्रो द्वन्द्वतिर लाने फेरी पनि अब मेलमिलापका कुरालाई बिथोल्ने सहमतिलाई हुन नदिने कुराहरूलाई नै जग जाहेर गर्छ  । सरकार सर्वसत्तावादी बाटोमा हिड्न कोसिस गरिरहेको छ भन्ने कुरा देखाउँछ । यही मेलमिलापको बाटोमा जाने हो भने त अहिलेको आधारमा एकीकृत र प्याकेजमा मेलमिलाप गर्ने, सत्य निरुपर्ण आयोग यही बेलामा काम गर्न सकिन्थ्यो नि ।

दोषी को हो ?
त्यसको दोषी भनेको प्रधानमन्त्री, सरकार । अहिले जुन संयुक्त सरकार नै सम्पूर्ण रूपले दोषी हो । यो सरकारले जबसम्म यस्ता समस्याहरू समाधान हुन चाहँदैन तबसम्म यी समस्या हँुदैन ।

पत्रकारहरू सडकमा छन् एमालेको दृष्टिकोण के छ ?
पत्रकार साथीहरू तथा संघले जुन प्रकारले डेकेन्द्र थापाको हत्या सन्दर्भमा लिएर सडकमा आउने उहाँको बाध्यता खडा भको छ । सडक आन्दोलन प्रति म नेकपा एमालेतर्फबाट ऐक्यवद्धता जनाउँछु । नेकपा एमालेले ऐक्यवद्धता जनाएको छ । उहाँहरूको कज विल्कुल न्यायपूर्ण छ ।

मुलुकको निकास गर्न नवौंपटक पाँच दिनको समय पाउनुभएको छ । अब के गर्नुहुन्छ ?
निकासका लागि अहिले पनि प्रयत्न जारी राख्नुपर्छ । एकातिर हामी मास मोविलाइजेसन गर्नेहरू सोचिरहेका छौं । प्रतिपक्ष पार्टीहरू आन्दोलनमा जानुपर्ने कुराहरू सोचिरहेकै छौँ । साथ साथै हामी सकेसम्म मेलमिलापद्वारा नै अगाडि बढ्यौं ।  सहमतिसाथ नै अघि बढौ भन्ने हाम्रो चाहना हो । त्यो चाहना अनुरुप नै हामी प्रयत्न गरिरहेका छाँै ।

धेरैपटक सहमतिको कुरा भो कार्यान्वयन भएन जनताले नै पत्याउन छाडेका छन् ?
किन भने यो गठबन्धन र एमाओवादी सहमति चाहदैन । उनीहरूको कारणले गर्दा सहमति हुन सकेको छैन । नेकपा एमाले अहिले सहमतिका लागि निरन्तर प्रयत्नशिल छ । एमालेलाई पद कुर्सी पनि  चाहिएको छैन । कसले मानिरहनुभएको छैन त भन्दा सत्तारुढ दलले मानिरहेको छैन र सहमति हुन सकिरहेको छैन ।

सहमतिका लागि राष्ट्रपतिले कस्तो के भूमिका खेल्नुपर्छ  ?
यदि सहमति चाहदैन भने सत्तारुढ दल भने राष्ट्रपतिले कदम चाल्नु पर्ने परिस्थिति आउँन सक्छ । त्यसको निम्ति देशमा पाक्दै गइरहेकोछ ।
Nepalbani.com
IP