पछिल्ला सामग्री :
मनाइयो पृथ्वी जयन्ती

काठमाडौँ, २७ पुस/ आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

दिवसकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा चियापान कार्यक्रम आयोजना गरेको छ । भृकुटीमण्डपस्थित पुलिस क्लबमा भएको चियापान कार्यक्रममा चियापान कार्यक्रममा विभिन्न दलका नेताहरू, पूर्वसभामुख, सुरक्षा निकायका वहालवाला तथा पूर्वप्रमुखहरू, कलाकार, पत्रकार, तथा राप्रपा नेपालका कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

चियापान कार्यक्रममा सहभागी नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पुस २७ लाई राजसंस्थासग नजोडी राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसलाई राज्यसत्ताले अवमुल्यन गरेको आरोप लगाउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक परिवर्तनस ग जोडेर हेर्न नमिल्ने जिकिर गर्नुभयो । चियापान अघि राप्रपा नेपालले र्‍यालीसहित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेको थियो ।

शाहको जन्म विसं १७७९ पुस २७ मा  गोरखामा  र देहावसान विसं १८३१ माघेसङ्क्रान्तिमा नुवाकोट देवीघाटमा भएको थियो । सरकारले मुलुकमा पछिल्लो राजनीतिक परिवर्तनसँगै विगतदेखि मनाउँदै आएको पृथ्वीजयन्ती विसं २०६३ देखि औपचारिकरूपमा मनाउन छाडेको छ ।
IP

,