एमाओवादी कम्युनिस्ट नामको कलंक : भण्डारी
काठमाडौँ, २७ पुस/ नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले एकीकृत माओवादी कम्युनिस्टका नाममा कलंक भएको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले ललितपुर क्षेत्र नम्बर २ को दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै भण्डारीले जनविरोधी काम गर्ने एकीकृत माओवादी सच्चा वामपन्थी हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकारले दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई जोगाउन खोजेर गम्भिर मानवअधिकार उलंघन गरेकोप्रति भण्डारीको आक्रोस थियो ।
भट्टराई नेतृत्वको वर्तमान सरकार कै कारण मुलुक बर्वादीको दिशातर्फ अघि बढेको भण्डारीको आरोप छ ।

![]() |