दैलेखको घटना दु:खद : सञ्चारमन्त्री
तपाईंले पनि सञ्चारकर्मीलाई सुरक्षा दिन सक्नुभएन ?
निश्चित रूपमा यो दु:खद पक्ष हो म पनि हिजो पत्रपत्रिकामार्फत पत्रकारहरू त्यहाँबाट विस्थापित हुनुपरेको पीडा पत्रकार साथीहरू आएर मलाई यसो–यसो भयो र तत्कालै सरकारका तर्फबाट उनीहरूको सुरक्षाका लागि उचित व्यवस्था मिलाइएको छ । साथै अहिलेको हामी सर्वाधिक संवेदनशील कठिन मोडमा छैन । त्यसैले अहिले विषयवस्तुलाई निरपेक्ष ढंगले हामीले विश्लेषण गर्न सक्दैन ।
पत्रकारहरूले सुरक्षा पाउने कि नपाउने ?
पत्रकारले प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, उहाहरूले निर्वादरूपले आफ्नो कलम चलाउन पाउनुपर्छ भन्ने राज्यको मान्यता हो ।
पत्रकारहरूले त पाएको छैन ?
हैन यसको उचित व्यवस्था हुँदै छ ।
उचित व्यवस्था कहिलेसम्म हुन्छ ?
राज्यका तर्फबाट, सरकारको तर्फबाट मैले हिजै सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीलगायत सुरक्षाका प्रमुखहरूलाई घटनाबारे के–कसो भइरहेको छ भनेरभन्दा पनि विषयवस्तुभन्दा अलि परगएर यर्थाथभन्दा पर गएको छ ।
कसरी पर गए पत्रकारहरू सुर्खेतमा आएर बसेका हुन कि होइनन् ?
हैन मैले सुरुमा नै निवेदन गरे त्यहाँबाट केही पत्रकार साथीहरू निश्चित रूपमा विस्थापित हुनुभएको छ ।
एमाओवादीको कार्यकर्ताहरूले धक्की दिएका छन् ?
त्यहाँ कुरा बुझ्दा एमाओवादीका कार्यकताहरूले त्यस्तो कुनै धम्की नदिएको उनीहरूको धम्की दिएको छैन भन्ने उनीहरूको तर्फबाट कुरा आयो । यसले राजनीतिक रंग दिन खोजिएको भन्ने कुरा आयो । त्यही पनि पत्रकारहरूले जतिसुकै जटिल संवेदनशील, जतिसुखै जटिल भए पनि पत्रकारले आफ्ना कलम चलाउन पाउनुपर्छ । निर्भयका रूपमा बाँच्न पाउनुपर्छ त्यसैले पत्रकारहरूले यो या त्यो बाहनामा राजनीतिक रंग दिन पाइँदैन भन्ने राज्यको मान्यता हो । त्यहाँ सुरक्षा निकायहरूलाई परिचालन गरिएको छ त्यहाँको यर्थाथ जानकारी गराउन निर्देशन गरिएको छ ।
जनताले सूचना पाएका छैन, सबै मिडिया बन्द अवस्थामा छन् ?
हैन मैले त्यही भने नि हिजै मैले यो कुरा थाहा पाउनेबित्तिकै राज्यको जुन निकाय छ त्यसमार्फत उनीहरूलाई स्थापित गराउने तिनीहरूको सुरक्षाको ग्यारेन्टी गराउने तिनीहरूले निर्भयतापूर्वक आफ्नो कलम चलाउन पाउनुपर्छ भन्ने वातावरण मिलाउने तर अहिले के भने पार्टी–पार्टीको द्वन्द्वबीचमा पत्रकारहरू पनि कहिले–काहीँ प्रभावित तथा पिल्सिएको जस्तो देखियो । त्यसैले मेरा आग्रह के छ भने हामी अहिले सर्वाधिक संगिन घडीमा छौँ । कुनै विषय वस्तुलाई निरपेक्षभन्दा पनि त्यस्तो अवस्थामा दुई राजनीतिक दलमा जिल्ला सम्मेलनमा झडप भएको स्थिति छ । त्यो त हामीले बिर्सनु हुँदैन ।
राजनीतिक रूपमा दलहरूको झडप होला, द्वन्द्व होला, तर पत्रकारहरूले समाचार सम्प्रेसरण गर्न पाउनुपर्छ ?
मैले त्यही भन्दैछु । त्यहाँ देशकै प्रधानमन्त्री नै जाँदा एक किसिमको असुरक्षित वातावरण सिर्जना भयो ।
देशको प्रधानमन्त्री दैलेखमा कसरी असुरक्षित भयो ?
त्यहाँको जुन रिर्पोट आएको छ । कार्यक्रममा भएको ढुंगा–मुढा भएको छ । जुन किसिमको वातावरण सिर्जना भयो ।
जनताका सुरक्षा दिने प्रधानमन्त्रीले आफैँ असुरक्षा भएपछि कसरी सुरक्षा दिन्छन् जनतालाई ?
हैन त्यहाँ जुन किसिमका वातावरण सिर्जना गर्यो । अहिलेसम्म नेपालमा कुनै एक पार्टीको कार्यक्रममा अर्को पार्टी आएर त्यसरी बिथोल्ने भएको थिएन । त्यो पनि लोकतान्त्रिक प्रजातान्त्रिक विधि प्रक्रिया होइन हामीले के बिर्सनु हुन्न भने हामीले गरिरहेको काम कतिको जायज हो त्यो पनि आत्मसमीक्षा गर्नु जरुरी रहेको छ ।
त्यहाँका जनताहरूले प्रधानमन्त्रीलाई दैलेख नआउन आग्रह गरेको होइन ?
तपाईंले अहिले बडो क्रान्तिकारीले हुनुभएको छ । हिजो जनकारबाही गर्दा माओवादीले पनि त्यही भन्थ्यो । जनताले गर्यो अहिले पनि यो अर्को पक्षमा गएको छ । जनताले गरेको हो कि त्यहाँका पार्टीहरूले कार्यकर्ता जनपरिचालन गरेको हो । यो कुरा कसैबाट लुकेको छ ? त्यसैले यो अहिले जुन दैलेखको घटना छ जुन दु:खद हो । हिजै मैले सम्बन्धित व्यक्तिहरूसँग यो कुरा जानकारी गराइसकेको छु र कुनै पनि हालतमा कुनै पनि बाहनामा यो या त्यो नाममा पीडित हुनुहुँदैन । उनीहरूले निर्वाध रूपमा कलम चलाउन पाउनुपर्छ । राजनीतिक यस्ता द्वन्द्वहरूले चलिरहन्छ । अहिले देश यसै प्रक्रियाबाट गुज्रिरहेको छ । तर, राजनीतिक द्वन्द्वका नाम या अस्थिरताका नाममा पत्रकारहरू पीडित रहनुभएन भन्ने हाम्रो मान्यता हो ।
दैलेखका पत्रकारहरूले अब सुरक्षा पाउँछन् ?
राज्य पनि पत्रकारहरूले दैलेख गएर सूचना प्रवाह गरून् आफ्ना काम कारबाही गरुन् । त्यसको राज्य सुरक्षा दिन तयार छ र सुरक्षा दिन्छ । जरुर पाउँछन् राज्यले सुरक्षा दिने ग्यारेन्टी गर्छ त्यसमा कुनै द्विविधामा नरहे हुन्छ ।
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसँग नेपालवाणी नेटवर्कको वाणीबहसका लागि सहकर्मी ऋषि धमलाले गरेको कुराकानी ।

![]() |