पछिल्ला सामग्री :
कांग्रेसले नेतृत्व पाए, चुनाव ग्यारेन्टी

पोखरा, १३ माघ/ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको नेतृत्व कांग्रेसले पाए आगामी १५ जेठभित्र संविधानसभाको निर्वाचन गराउने ग्यारेन्टी लिने बताउनुभएको छ ।

एकीकृत माओवादी इमानदार भएर कांग्रेसलाई सत्ता हस्तान्तरण गरे निर्वाचन गर्न कठिन नभएको उहाँको दाबी छ । पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति पौडेलले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो भनाइमा इमानदार भए १५ जेठभित्र चुनाव गराउनका लागि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नै पर्ने बताउनुभयो ।

कांग्रेसले चुनाव गराउन सक्छ भन्ने डरले माओवादीले सरकार नछाडेको भन्दै पौडेलले प्रचण्डलाई चुनावसँग नडराउन आग्रह गर्नुभयो ।
IP