पछिल्ला सामग्री :
सुरु भयो स्वस्थानीको व्रत

काठमाडौँ, १३ माघ/ पौष शुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घर–घरमा स्वस्थानीको व्रत कथा प्रारम्भ भएको छ ।

यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वास्थानी परमेश्वरीको पूजाआरधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिंग बनाई स्वस्थानीको व्रत गरेको र मनोकांक्षा पूर्ण भएपछि पार्वतीकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वास्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

यस पर्वमा विशेष गरी महिलाहरूले महिना दिनसम्म हरेक दिन बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्नकालमा महादेवको पूजा आराधना गर्ने गर्छन् । स्वास्थानीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा बास हुने विश्वास गरिन्छ ।

यस उपलक्ष्यमा काठमाडौँबाट करिब चार कोस पूर्व सालीनदीमा महिनाभर विशेष मेला लाग्ने गर्छ भने कतिपय महिला त्यहीँ बसेर विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् ।
IP

,