२८ प्रहरी एसपीको सरुवा
काठमाडौँ, १७ माघ/ प्रहरी
प्रधान कार्यालयले व्यापक रूपमा प्रहरी उपरीक्षक एसपीहरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले २८ प्रहरी उपरीक्षकहरूको सरुवा गरेको हो ।
नयाँ सरुवा सूचिअनुसार महानगरीय प्रहरी अपराध महाशाखाका सुरेशविक्रम शाहलाई बर्दिया पठाइएको छ । सर्लाहीमा दरबन्दी भएका रामप्रसाद श्रेष्ठलाई महानगरी प्रहरी परिसर ललितपुरमा ल्याइएको छ ।
त्यस्तै, तालिम निर्देशनालयका जगतमान श्रेष्ठलाई महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा सरुवा गरिएको छ । रौतहटमा दरबन्दी भएका महेशविक्रम शाहलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, महानगरीय प्रहरी शिक्षालयमा ल्याइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका गणेशबहादुर थापा क्षेत्रीलाई सुनसरी सरुवा गरिएको छ भने महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणमा दरबन्दी रहेका शरद चन्दलाई सर्लाहीमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले गत बिहीबार एसपीमा बढुवा भएका २७ जनालाई पनि पदस्थापन गरिएको छ ।

![]() |