राजसंस्थाविरुद्ध लेख छाप्दा ११ वर्ष जेल
थाई राजसंस्थाको अपमान गरेको आरोपमा थाइल्यान्डमा एक म्यागेजिनका सम्पादकलाई ११ वर्षको जेल सजाय सुनाइएको छ ।
'भ्वाइस अफ अप्रेस्ड'का सम्पादक सोम्योत प्रुक्साकासमुरले सन् २०१० मा राजसंस्थाको अपमान हुने गरी दुईवटा लेख प्रकाशित गरेको कसुरमा थाइल्यान्डको एक अदालतले यस्तो सजाय तोकेको हो ।
प्रुक्साकासमुरलाई प्रत्येक लेखको पाँच वर्षको दरले १० वर्ष र राजसंस्थालाई अनावश्यक विवादमा ल्याउन खोजेकाले थप एक वर्ष गरी ११ वर्षको सजाय सुनाइएको फैसलामा संलग्न एक न्यायाधीशले जनाएका छन् ।
प्रुक्साकासमुरलाई दिइएको सजायको युरोपेली युनियन तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीले विरोध गरेका छन् ।

![]() |