धनी मन्त्रीको सम्पत्ति घट्यो !
मन्त्रिपरिषद्का
सबैभन्दा धनी मानिएका चार मन्त्रीको सम्पत्ति एक वर्षमा बढ्नुको सट्टा झन्
घटेको छ । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले त ४० तोला सुन
बेचेर छोरीको बिहे गरेको दाबी गरेका छन् ।
गत वर्ष सम्पत्ति विवरण बुझाउँदा मन्त्री त्रिपाठी, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार, स्वास्थ्यमन्त्री राजेन्द्र महतो, उद्योगमन्त्री अनिल झा धनी मन्त्रीकै रूपमा देखिएका थिए । तर, यसपालि पेस गरेको सम्पत्ति विवरणमा उनीहरू सबैले आफ्नो सम्पत्ति घटेको देखाएका छन् ।
मन्त्री त्रिपाठीलेे एक वर्षमा नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमा रहेका जग्गा बिक्री गरेको जानकारी दिएका छन् । घरजग्गा बिक्रीबाट झन्डै ६० लाखभन्दा बढी आर्जन गरेका त्रिपाठीले छोरीको बिहेमा आर्थिक अभाव भएकाले सुन बिक्री गर्नुपरेको उल्लेख गरेका छन् ।
अघिल्ल्ाो वर्ष पेस गरेको सम्पत्ति विवरणअनुसार त्रिपाठीसँग एक सय ९० तोला सुन र २२ किलो चाँदी थियो । तर, उनले यो वर्ष भने साढे ४७ तोला सुन घटेको जनाएका छन् । उनले छोरीको बिहेमा ४० तोला सुन बिक्री गरेको र साढे सात तोला छोरीलाई उपहार दिएको बताएका छन् ।
त्रिपाठीकी श्रीमती शोभाको नाममा ललितपुर सैँबुमा १५ आनामा बनेको घर छ । त्यसैगरी नवलपरासीको पर्सेनीमा श्रीमतीकै नाममा ११ कट्ठामा बनेको अर्को भव्य घर छ । शोभाको नाममा रुपन्देहीमा सात कट्ठा, काठमाडौंमा एक रोपनी, ललितपुरमा १३ आना, काठमाडौं नयाँ बसपार्कमा दुई रोपनी आठ आना जग्गा छ । उनले सम्पत्ति विवरणमा आफ्नो नाममा विभिन्न बैंकमा ६ लाख ब्यालेन्स देखाएका छन् ।
त्यसैगरी उनी, श्रीमती शोभा, छोरी पल्लवी र दाजु दिनेशको नाममा एक-एकवटा गरी चारवटा गाडी रहेकोमा यसपटक उनले हाइलक्स ३८४४ र स्कुटी होन्डा बिक्री गरेको जनाएका छन् । अर्का धनी मन्त्री गच्छदारले पनि एक वर्षमा २० तोला सुन घटेको देखाएका छन् । अघिल्लो वर्ष ९१ तोला सुन देखाएका उनले यस वर्ष ७१ त्ाोला मात्र भएको जानकारी दिएका छन् । उनले २० तोला सुन बेचेको जनाएका छन् ।
विवरणअनुसार गच्छदारको नाममा सुनसरीमा आठ बिघा जग्गा र छोरा सुभाषको नाममा ललितपुरमा १३ आना जग्गा रहेको छ । गच्छदार र उनकी श्रीमती निर्मलाको नाममा विभिन्न बैंकमा झन्डै २० लाख रुपैयाँ छ ।
त्यसैगरी उनले तीनवटा ट्रक बेचेको तर तीनवटा जिप भने आफूसँगै रहेको जनाएका छन् । गच्छदारले एउटा राइफल र एउटा बाह्रबोरको बन्दुक रहेको जानकारी पनि दोहोर्याएका छन् । स्वास्थ्यमन्त्री महतोले यो वर्ष १० कट्ठा जमिन घटेको देखाएका छन् । सर्लाहीको बेलामा रहेको सो जग्गा बिक्रीबाट २० लाख आम्दानी गरेको र अन्य सम्पत्ति यथावत् रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
उनकी पत्नी शैलकुमारीको नाममा काठमाडौंमा घर छ । त्यस्तै सर्लाही र धनुषामा ६ बिघा जग्गा, काठमाडौंमा एक रोपनी जग्गा छ । यसैगरी महतोको नाममा एउटा बलेरो गाडी, ९५ तोला सुन र तीन किलो चाँदी छ । विभिन्न बैंकमा महतोको बैंक ब्यालेन्स झन्डै नौ लाख छ ।
यसैगरी उद्योगमन्त्री अनिलकुमार झाले पनि आफ्नो बैंक ब्यालेन्स घटेको देखाएका छन् । गत वर्ष झन्डै ६ लाख बैंक ब्यालेन्स रहेकोमा यस वर्ष भने तीन लाखमा झरेेको छ । मन्त्री झाकी श्रीमती डिम्पलको नाममा काठमाडौंमा र रौतहटमा एक-एकवटा घर यथावत् रहेको छ भने मन्त्री झाको नाममा रौतहटमा नै छुट्टै अर्को घर छ । उनको नाममा रौतहटमा झन्डै चार रोपनी जग्गा छ भने २५ तोला सुन र १५ सय ग्राम चाँदी छ ।
सागर पण्डित/नयाँ पत्रिका
काठमाडौं, १६ माघ

![]() |