पछिल्ला सामग्री :
रंगमञ्च बन्यो रंगशाला (फोटो फिचरसहित)




रमेश सिटौला, बाँके/ रंगशाला अर्थात् खेलको मैदान त्यहाँ खेल खेल्ने क्रममा अनुशासनलाई प्रमुख प्राथमिकता दिई कार्यान्वयन गरिन्छ । रंगमञ्च अथवा रमाइलो वातावरण हँसाउने, रुवाउने, नचाउने कलाको प्रस्तुतिबाट अन्यलाई आनन्दित बनाउने मन्त्रमुग्द बनाउने कलाकरिता, भावना र उत्तेजनाको संगम पस्कने स्थान ।

‘सीमामा सदभाव’ भन्ने नाराका साथ प्रथम इन्डो नेपाल खेलकुद तथा अन्तार्राष्ट्रियस्तरको सांगीतिक कन्सर्ट अन्तर्राष्ट्रियस्तरको साउन्ड सिस्टमको साथमा सोमबार बाँकेको नेपालगन्ज रंगशालामा सम्पन्न भयो । दैनिक दर्जनौ कलाकारको साथमा रंगशाला तात्यो र पश्चिम नेपालका हजारौँ दर्शकहरू नाचे ।

क्रेयटिभ ह्यान्डको आयोजना र अन्तराल मिडियाको व्यवस्थापनमा नेपालगन्जमा पहिलोपटक यस्तो कन्सर्ट आयोजना गरिएको थियो । त्यसैले होला कन्सर्टमा सहभागी भएका सबै दर्शक उत्साहित थिए । बिहानदेखि बेलुकासम्म हुने सांगीतिक क्षण नछुटाईकन हेर्न भ्याए सबैले दिनभरको सांगीतिक थकानबाट फर्केका दर्शकमा संगीतमय उमंगको सञ्चार भने थाकेजस्तो थिएन ।

उक्त संगीतमय वातावरण बनाई दर्शकहरूलाई हँसाउन, नचाउन र रुवाउन दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । एसएलसी पास गरेका विद्वान् मुन्द्रे सबैलाई हसाउन पुगे भने नामैले चर्चा कमाएकी चर्चित नायिका विनिता बरालले सबैलाई हिन्दी गीतमा नाच्दै सबैलाई नचाउन पुगिन ।

नेपाली सिने जगतका महानायक राजेश हमालले सबैलाई देशप्रतिको भक्तिभावनाको महसुस गराउँदै आफ्ना शब्द अन्त्य गरी फर्कने क्रममा चर्चित लोकगायिका कोमल ओलीले छड्के सलाम मायालाई पहिलो भेटमा भन्ने गीत गाउँदै नेपाली सिने जगतका सदाबाहार नायक राजेश हमाललाई नाच्न बाध्य बनाइन् र पूरै गीतभर नाचे हमाल र कमल । नलिना चित्रकार, कन्हैयासिंह परियार, शिव परियार, सुनीलसिंह ठकुरी, रिमा गुरुङ, चन्दा घिसिङ, रेश्मा, हरि चौधरीलगायत अन्य धेरै राष्ट्रियस्तरका कलाकारहरूले संगीतको आनन्द प्रदान गरेका थिए ।

छमछमीका समूहले नृत्यको आनन्द दिलाएको उक्त कार्यक्रममा स्थानीयस्तरका स्कुले विद्यार्थीको नृत्यसमेत नृत्य निर्देशक केबी शाहीको अगुवाईमा प्रस्तुत गरिएको थियो । ‘सीमामा सद्भाव’ नारा दिएर सम्पन्न भएको कार्यक्रममा मञ्चमा प्रस्तुति गर्ने सबै कलाकारहरूले नेपाल–भारतबीचको जनसम्बन्धलाई सुमधुर र प्रगाढ बनाउन र सधै सद्भाव कायम राख्न जोड दिएका थिए र सबैले आफूहरू पनि यस अभियानप्रति ऐक्यबद्ध भएको जानकारी गराउँदै, कलाकार र खेलजगतका व्यक्ति सधैँ सद्भावदूत हुने र आफूहरू पनि सद्भाव दूत भएको बताउन भ्याएका थिए ।

सांगीतिक कन्सर्ट भव्य र सभ्य तरिकाले आज सम्पन्न भएको छ पुनरावेदन अदालतका मुख्य न्यायाधीशदेखि अन्य विशिष्ट व्यक्तिहरूको आतिथ्यि रहेको बृहत् सांगीतिक कन्सर्टलाई सफल बनाउन अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले निकै मिहिनेत गरेका थिए ।

सीमा क्षेत्रमा सदभाव बढाइ दुई देशबीच आपसी मेलमिलाप, सहाकार्य तथा सम्बन्ध सुमधुर बनाउनमा सहयोग पुर्‍याउन कन्सर्टको आयोजना गरिएको आयोजकले जनाएको छ ।


IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.