ग्यासको मूल्य ६ सय ३० रुपैयाँ बढ्यो
घरायसी र
व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै सिलिण्डर व्यवहारिक रुपमा
कार्यान्वयन नहुँदै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य
बढाएको छ ।
निगम
सञ्चालक समितिको मंगलबार बसेको बैठकले ग्यासको मूल्य प्रति सिलिण्डर ६ सय
३० रुपैयाँ बढाएर २ हजार १ सय पुर्याउने निर्णय गरेको हो । मूल्यबृद्धिपछि
व्यावसायिक प्रयोजनका लागि एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय रुपैयाँ
पुगेको छ । घरायसी प्रयोगकर्ताहरुलाई भने सरकारले एक परिवारलाई एक महिनामा
एक सिलिण्डर ग्यासमा ५ सय ५० रुपैयाँ अनुदान दिनेछ ।
कसरी पाउँछन् अनुदान ?
निगमका अनुसार उपभोक्ता कार्ड र ग्यास
खरिद गर्दाको विल ६० दिन भित्र पेश गरेपछि बैंकबाट ५ सय ५० रुपैयाँ नगद नै
फिर्ता पाइन्छ । पैसा फिर्ताका लागि हाल बैंक अफ काठमाडौंलाई तोकिएको छ ।
तर, निगमका एक अधिकारीका अनुसार न दुई रंगको सिलिण्डर बजारमा छ, न त
उपभोक्ता कार्ड नै वितरण भइसकेको छ । ५५ मध्ये ४४ बटा उद्योगले अझैसम्म दुई
रंगको सिलिण्डर बजारमा ल्याएका छैनन । यस्तै राजधानीका अधिकांश उपभोक्ताले
ग्यास उपभोक्ता कार्ड पाउन सकेका छैनन् । ‘कार्ड वितरण थालिएको एक वर्ष
पुग्यो तर, अहिलेसम्म ६० हजारले मात्र कार्ड पाएका छन् । जवकी काठमाण्डौमा
मात्रै ७ लाख कार्ड बाँड्नु पर्छ ।’-उनले भने ।
ती अधिकारीका अनुसार कार्ड वितरण
प्रक्रिया झन्झटिलो हुँदा पनि समस्या भएको छ । उपभोक्ताले र्फम भरेपछि
विक्रेताहरुकहाँ पठाउँछन् भने उनीहरुले आयल निगममा पठाएपछि कार्ड बनेर
त्यही प्रक्रियाबाट फिर्ता हुन्छ ।
निगम अब नाफामा
सँधै घाटामा रहेको भन्दै सरकारसँग अनुदान माग्ने र मूल्य बढाउने गरेको निगम एलपी ग्यासको मूल्य बृद्धिपछि भने नाफामा जाने भएको छ ।
ग्यासमा मसिक ८० करोड घाटा हुने गरेकोमा
मूल्यबृद्धिपछि ४० करोडमा झर्ने निमगको अनुमान छ । ‘ग्यासमा ८० करोड घाटा
हुँदा समग्रमा हाम्रो घाटा ३३ करोड थियो’ एक अधिकारीले भने-’अब मासिक १०/१२
करोड नाफा हुनेमा शंका छैन ।’ निगमलाई पेट्रोल, डिजेल र हवाई इन्धनमा भने
नाफा हुँदै आएको छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.