पछिल्ला सामग्री :
मालपोत र नापी शाखा घुसखोरीको अड्डा

सुरेश बिडारी, लालबन्दी/ जिल्लाका विभिन्न भागबाट जग्गासम्बन्धी काम लिएर दैनिक हजारौँ सेवाग्राही पुग्ने सर्लाहीका मालपोत र नापी कार्यालयका कर्मचारीहरूले अनावश्यक दु:ख दिई पैसा असुल्ने गरेका छन् ।

जग्गा दर्ता नामसारी, जग्गा रोक्का, अंशबण्डालगायत विभिन्न काम हुने मालपोत कार्यालय तथा नापी शाखाका कर्मचारीहरू खल्तीमा घुस नदिएसम्म आलटाल गरी जनतालाई दु:ख दिने गरेको मलंगवाका गजेन्द्र गुप्ताले बताउनुभयो । दूरदराजबाट आएका सेवाग्राहीको काम कर्मचारीले नगर्दा सेवाग्रही आफ्नो काम छोडेर बाटो खर्च गरी दिनदिनै सदरमुकाम दौडनुभन्दा केही रकम दिएर काम गराउन बाध्य हुने गुप्ताको भनाइ छ ।

मालपोत कार्यालयमा एउटा जग्गा रोक्काको लाग्ने नियमित राजश्वका अतिरिक्त दुई सय रुपैयाँ, दर्ता फाँटमा १० रुपैयाँ, मोठ फाँटमा एउटा पुर्जा बनाएबापत् ५० रुपैयाँ, मुद्दा शाखामा मुद्दाको प्रकृति हेरी पाँच सयदेखि प्रतिकट्ठा चार सयको दरले रकम लिने गरेको र रजिस्ट्ेरसन शाखामा कुनै कागजातको कोरम नपुगेको खण्डमा प्रतिकागजको दुई सयका दरले लिने गरेको बुझिएको छ ।

सेवाग्राहीहरूले पनि समयमै काम सम्पन्न गराउनका लागि कर्मचारीले मागेजति रकम दिने र रसिद पनि माग नगर्ने गरेको बुझिएको छ ।

त्यस्तै नापी शाखामा पनि सेवाग्राहीहरुलाई अनावश्यक दु:ख दिई पैसा लिने गरेका छन् । नापी शाखामा भेटिएका एक सेवाग्राहीका अनुसार नक्सा प्रिन्टको ५० रुपैयाँको ठाउँमा सय रुपैयाँ लिने गरेको र कित्ता काट गरेबापत् दुई सय रुपैयाँ तथा कुनै पनि नक्सा फाइल हेर्न सेवाग्राहीले माग्दा ३० रुपैयाँसम्म लिने गरेका छन् । रकम नदिएसम्म काम नबन्ने भएकोले बाध्य भएर अतिरिक्त रकम दिनुपरेको सेवाग्राहीहरूले बताएका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.