पछिल्ला सामग्री :
पारसको स्वास्थ्य अवस्था स्थिर, सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी

काठमाडौं, ११ फागुन/ हृदयघात भएपछि थाइल्यान्डको एक अस्पतालमा उपचार गराइरहनुभएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएका शाहको सिसियुमा राखेर उपचार भइरहे पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालले जनाएको छ ।
 
उपचारमा संलग्न चिकित्सकले पारसको स्वास्थ्य खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् । बैंककमा बस्दै आएका पारसलाई हृदयघात भएपछि मंगलबार रातिदेखि अस्पताल भर्ना गरिएको थियो ।

शाहको पछिल्लो स्वास्थ्यस्थितिमा सुधार नआएपछि अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको हो । मुटुको गति सामान्य नहुँदा पारसको एमआरआई गर्न चिकित्सकहरूलाई अप्ठयारो भएको स्रोतले बताएको छ ।

बुधबार मुटु बन्द हुन पुगेका धमनी चिकित्सकहरूले बेलुनको सहायताले खोलेको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ । पारसलाई यसअघि पनि हृदयघात भएको थियो ।

पारसको स्वास्थ्य अवस्था बुझ्न परिवारका केही सदस्य यसअघि नै बैंकक पुगिसकेका थिए । यसअघि नै थाइल्यान्ड जाने तयारी गरेकी हिमानी छोरी बिरामी भएपछि जान सक्नुभएको थिएन । उहाँ आज थाई एयरको विमानबाट थाइल्यान्डतर्फ जानुभएको छ ।

सामाजिक सञ्जालको उपयोग कि दुरुपयोग ?
यसैबीच शाहको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटरका माध्यमबाट केहीले उहाँको निधन भइसकेको भनिरहेका छन् भने केहीले स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको प्रतिक्रिया दिएका छन् । तर, थाइल्यान्डस्थित नेपाली दूतावासले र पूर्वराजपरिवारका सदस्यले यो हल्ला मात्र भएको बताएका छन् ।

यस्तै हल्ला फिँजाउनेमा नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माको ग्रेटवे अनलाइनले पनि पारस शाहको मृत्यु भएको खबर स्रोतलाई दाबी गर्दै प्रकाशन गरेको छ । अस्पतालले सत्य कुरो बताउनुअघि नै विभिन्न स्रोतको हवाला दिँदै पारसको मृत्यु भएको खबर सार्वजनिक भइरहेका हुन् ।

सामाजिक सञ्जालको उपयोग कि दुरुपयोग भन्दै केहीले यसरी विनाआधार मृत्यु भएको जानकारी गलत भएको भन्दै प्रतिक्रियासमेत दिएका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.