पछिल्ला सामग्री :
ट्राफिक प्रहरीको सक्रियता, ७३ दिनमा साढे १३ हजार कारबाही

शम्भु रेग्मी, काठमाडौं / उपत्यकाको  व्यस्त सडकमा युनिफर्मका ट्राफिक प्रहरीको सबै स्थानमा पहुँच पुग्न नसकेका कारणले ट्राफिक प्रहरीको उपस्थिति नभएका स्थानमा सवारी नियम उल्लंघन गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

यसका लागि ट्राफिकले सादा पोसाकका प्रहरीसमेत परिचालन गरेको छ । सादा पोसाकमा प्रहरी परिचानल गरिएपछि ट्रफिक नियम उल्लंघन गर्नेको संख्यामा समेत वृद्धि भएको छ । योसँगै ट्राफिक प्रहरीले ७३ दिनमा १३ हजार ६ सय ८२ सवारीचालकलाई कारबाही गरेको छ ।

जथाभावी रोक्ने, ओभरटेक गर्ने, जथाभावीबाट मोड्ने, वान वेबाट चलाउने, डिभाइडरमा लगाएको डोरी चुडाएर सवारीसाधन मोडने, रफ ड्राइभिङ गनर्,े सवारीसाधनको स्वरूप परिवर्तन गर्ने, मोबाइलफोन प्रयोग गर्ने आदि जस्ता लापरबाही  कार्य सवारीचालकले गर्नाले पनि काठमाडौंका सडकमा सवारीको जाम बढ्न गई सर्वसाधारणलाई असुविधा भएपछि ट्रफिकले यसमा चासो देखाएको हो ।

सवारी नियमको पालना ट्राफिक प्रहरीका लागि मात्र गर्नुपर्छ भन्ने गलत सोच भएका चालकलाई निरुत्साहित गरी सवारी ऐन नियममा रही सडक अनुशासन पालना गर्दा दुर्घटनाबाट जोगिन सकिन्छ  र सभ्य सडक संस्कारको विकास गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि गर्नका लागि अभियान चालाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सवारी नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्न विशषे अभियानका रूपमा सादापोसाकका ट्राफिक प्रहरीले २६ मंसिरदेखि परिचालन गरेको हो । यसरी ट्राफिक प्रहरीबाट भएको यो विशेष अभियानअन्तर्गत २६ मंसिरदेखि १० फागुनसम्म निम्नानुसार सवारी चालक कारबाहीमा परेका छन् ।

लेन अनुशासन ५४१४, मोबाइल फोन ३४८, सिटबेल्ट ४३०, जथाभावी पिक एन्ड ड्रप २०१६, स्वरूप परिवर्तन ३१, ओभर लोड १२५, सवारी आवागमनमा बाधा ९, ढोका खुला १९३६, इसारा उल्लंघन ५३, क्षमताभन्दा बढी यात्री ६२, प्रयोजनविपरीत १५, लापरबाही साथ सवारी चलाएको ३६६, साथमा कागजपत्र नभएको १३८, एकतर्फी सडक प्रयोग २२६, रोड परमिट नभएको १, रोक्न निषेध/सडक पार्क १२१६, रेडलाइट १११९, तीव्रगति ११, यू–टर्न १६, टिभिटी ९, ढाला खुला ६, झुन्डाएर यात्रा गराएको १६, अवस्था ठीक नभएको ११९ रहेका छन् । यस्तै सवारी साधनको नम्बरप्लेटमा स्प्रे गरिएका सवारीसाधनको संख्या भने २५३ रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
Nepalbani
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.