अस्पतालको आधिकारिक विज्ञप्ति, ‘पारसको अवस्था स्थिर’
काठमाडौं, १२ फागुन/ हृदयघात भएपछि थाइल्यान्डको बैंककमा उपचार गराइरहनुभएका पूर्वयुवराज पारस शाह स्वास्थ्यमा कुनै सुधार आएको छैन ।
बैंककको समितिभेज अस्पतालमा चार दिनदेखि उपचार गराइरहेका पारसको आज एमआरआई गर्ने तयारी गरिएको छ । पारसको शरीरको तापक्रम सामान्य अवस्थामा आएपछि आजै एमआरई गरिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । समितिभेज अस्पतालले हिजो एक विज्ञप्ति जारी गरी उहाँको अवस्था गम्भीर तर स्थिर रहेको जनाएको छ । समितिभेज अस्पतालका मुटुरोग विशेषज्ञद्वारा स्थानीय समयअनुसार राति साढे १० बजे विज्ञप्ति जारी गरिएको हो ।
गत मंगलबार साथीको घरमा बसेकावेला एक्कासि हृदयघात भएपछि अस्पाताल भर्ना गरिएको हो । पारसको अवस्था बुझ्न उहाँकी पत्नी हिमानी हिजो नै बैंकक पुगिसक्नुभएको छ । पारसलाई भेटेपछि निराश देखिएकी हिमानीले कुनै पनि प्रतिक्रिया दिनुभएको छैन ।
-भिडियो सौजन्य एभिन्युज टेलिभिजन ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.