दम्पती मृत भेटिए
वीरेन्द्र सापकोटा
पोखरा, २२ माघ/ कास्कीको चापाकोट–७ का एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् ।
हिजो साँझ चापाकोटका ५८ वर्षीय भविलाल विक र उनकी पत्नी ४८ वर्षीय सन्तकुमारी विक घरको छुट्टाछुटै कोठामा मृत फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सन्तकुमारी विकको टाउकोमा गहिरो चोट लागेको छ भने भविलाल गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
उनीहरूको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गको कैलाली चौमाला सडकखण्डमा नेपाल टेलिकमको जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । नेपालगन्जबाट अत्तरियातर्फ आउँदै गरेको बा.६च ३६३२ नम्बरको जिपको ठक्करबाट कैलाली चौमालाका ३२ वर्षीय अमरबहादुर देउवाको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरी आवागमन ठप्प पारेका थिए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.