पछिल्ला सामग्री :
आन्दोलनबाटै सत्ताच्यूत गर्ने विपक्षीको चेतावनी (रेडियो रिपोर्टसहित)

वीरेन्द्र सापकोटा 
कास्की, २२ माघ/ विपक्षी दलहरूले आज पोखरामा विरोधसभा गरेका छन् । उनीहरूले आन्दोलनबाटै वर्तमान बाबुराम भट्टराईलाई सत्तच्यूत गर्ने उदघोष गरेका छन् ।

पोखराको चिप्लेढुंगामा भएको विरोधसभालाई सम्बोधन नेताहरूले एमाओवादी लोकतन्त्र विरोधी भएकाले संविधान नबनिकनै संविधानसभा विघटन भएको बताएका छन । कास्कीसहित छिमेकी जिल्लाहरूबाट समेत उल्लेख्य सहभागिता रहेको विरोध सभामा नेताहरू खुबै हौसिएका थिए ।

यसैबीच, यही माघ २६ गते राजधानीमा गर्ने विरोधसभालाई सफल बनाउनका लागि नेपाली कांग्रेसले आज बाग्मती अञ्चलका पार्टी सभापतिहरूसँग छलफल गरेको छ । महामन्त्री प्रकाशमान सिंहले बाग्मती अञ्चलमा पर्ने सबै जिल्लाका पार्टी सभापतिहरूलाई आन्दोलन प्रभावकारी बनाउन आवश्यक तयारीका लागि निर्देशन दिनुभएको छ ।

यस्तै लागि विपक्षी दलका उपत्यका समन्वय कमिटिका सदस्यहरूले पनि आज छलफल गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको छलफलमा विरोधसभाका लागि भातृसंस्थाहरूको परिचालन, मोटरसाइकल ऱ्याली व्यवस्थापनलगायतको विषयमा छलफल भएको छ ।

आन्दोलन प्रभावकारी बनाउन कार्यदल
यसैबीच विपक्षि दल निकटका बिद्यार्थी संगठनहरूले जारी आन्दोलनलाई अझ प्रभावकारी बनाउन देशभरका विभिन्न ठाउमा विरोध सभाहरू गर्ने भएका छन । उनिहरूले फागुन ३ गते देखि देशब्यापी आन्दोलन गर्ने भएका हुन् ।

३ फागुनमा धनगढीबाट सुरु गरेको आन्दोलन २१ काठमाडौँमा आएर समापन हुने बताइएको छ । आज काठमाडौँमा बसेको १२ बिद्यार्थी संगठनहरूको बैठकले आन्दोलन प्रभावकारी बनाउन कार्यदलसमेत गठन गरेको छ ।

विद्यार्थीहरूको बैठकले सबै बिश्व बिद्यालयहरूमा स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै सरकारले यस अघि विद्यार्थी संगठनहरूसँग गरेका सम्झौताको पनि तत्काल कार्यन्वयन गर्न सरकारसँग माग गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।

अडियो सुन्नुहोस
विपक्षीहरूको चेतावनीसहितको रेडियो रिपोर्ट।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.