सफलताको कथा : खाडीबाट फर्केपछि गाउँमै उद्यमी
म्याग्दी, १५ फागुन/ खाडी मुलुकमा काम गरेर फर्किएका म्याग्दी घतानका दुई युवा गाउँमै सफल उद्यमी बनेका छन् ।
घतान– ५ काउलेगौडाका रवि खड्का र दीपक खड्काले खाडी मुलकमा सिकेको सीपको सदुपयोग गर्दै गाउँमै कृषि उद्यम सञ्चालन गरेका हुन् । विदेशमा मासिक ३० हजार रुपैयाँ कमाइ हुने नोकरी छाडेर स्वदेश फर्किएका उनीहरूले गाउँको उद्यमबाट सोभन्दा दोब्बर बढी आम्दानी हुने गरेको बताएका छन् ।
कुखुरा, माछा तथा भैँसीपालनका साथै केरा र सुन्तला खेतीसम्बन्धी संयुक्त उद्यम सञ्चालन गरेका उनीहरूले दैनिक १५ लिटर दूध बिक्री गर्दै आएका छन् । उनीहरूले दुई वर्ष बहराइन र दुई वर्ष साउदीमा दूध उत्पादक कम्पनीमा वितरकको रूपमा काम गरेका थिए ।
चार लाख रुपैयाँ लगानी गरेर सञ्चालन गरेको उद्यमबाट अहिले मासिक ६० हजार रुपैयाँ कमाइ हुने गरेको रविले बताए । उनीहरूले अहिले तीन वटा भैँसी, एउटा गाई, दुई हजार माछा र सोही सङ्ख्यामा ब्रोइलर कुखुरा पालेका छन् ।
उनीहरूका अनुसार मरेका कुखुरा र सुली माछाको चारोको रूपमा प्रयोग हुने हुँदा सहज भएको छ । सडक र पानीको सुविधा भएकाले उनीहरूले आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् । रासस

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.