पछिल्ला सामग्री :
एसएलसीका लागि ‘क्लोज क्याम्प’

कीर्तिपुर, १५ फागुन/ एसएलसी परीक्षालाई लक्षित गरी काठमाडौँ दक्षिणभेगका विद्यालयले आफ्ना विद्यालयमा एसएलसी विशेष क्लोज क्याम्प सञ्चालन गरेका छन् ।

विद्यार्थीलाई परीक्षा केन्द्रित बनाउने लक्ष्यका साथ विगत केही वर्षयता क्लोज क्याम्प सञ्चालन थालेका यस भेगका विद्यालयहरू क्लोज क्याम्पको सफलतासँगै यसतर्फ आकर्षित बनेका छन् ।

विद्यार्थीहरूलाई क्लोज क्याम्प सञ्चालन गरि विद्यालयमा नै बसेर विभिन्न विषयको नियमित अध्ययन एवम् परीक्षाको तयारीका लागि समूचित वातावरण उपलब्ध गराएसँगै यस भेगमा विद्यार्थीहरूको उपलब्धिस्तरमा पनि वृद्धि आउन थालेको छ ।

क्लोज क्याम्पको सञ्चालनसँगै विद्यार्थीहरूको उपलब्धिस्तरमा पनि सकारात्मक परिवर्तन आउन थालेसँगै अभिभावकमा पनि यस तर्फको चासो बढ्न थालेको स्थानीय शिक्षासेवी शशी शर्मा अर्यालले बताउनुभयो ।

उहाँका अनुसार पछिल्ला वर्षमा आएर एसएलसी विशेष क्लोज क्याम्प सञ्चालनका कारण यस भेगका सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थीहरूको उत्तिर्ण प्रतिशत बढ्दै जान थालेको छ ।

दिवाकालीनका साथै पूर्णआवासीय गरी दुई किसिमबाट विद्यालयहरूमा एसएलसी विशेष क्लोज क्याम्प सञ्चालन भएको छ ।

यस भेगका अरुणोदय उच्च मावि, फर्पिङ उच्च माविलगायतका विद्यालयहरूले दिवाकालीन क्लोज क्याम्प सञ्चालन गरेका छन् भने पञ्चकन्या मावि छैमले, सेतीदेवी मावि सोखेललगायतले पूर्णआवासीय क्लोज क्याम्प सञ्चालन गरेका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.