जोडीकै रहर जापान जाने
बागलुङ, १५ फागुन/ जिल्लाको मल्म गाविस–९ का २० विवाहित जोडी जापान पुगेका छन् । सोही स्थानका श्यामबहादुर थापाका दुई भाइछोरामध्ये जेठा राम र कान्छा दुर्गा दुवैले श्रीमती पनि सँगै जापान पुर्याएका छन् । अहिले महिनैपिच्छे एक न एक परिवारको महिला सदस्य जापान पुग्ने गरेका छन् ।
रोजगारीका लागि जापान पुगेका हरेकले ढिलोचाँडो श्रीमतीलाई पनि जापान बोलाउने गरेका छन् । आश्रित भिसामा सजिलै जापान जान सकिने भएपछि जापानमा श्रीमान् भएका महिलाहरू उतै जान थालेका हुन् । महिलाहरूको कमाइ राम्रो हुने देखेर आश्रित भिसामा जापान बोलाउने क्रम बढेको टोकियोमा रहेका मल्म–८ का विमल थापाले बताउनुभयो । थापा दुई वर्षअघि जापान पुग्नुभएको थियो भने यस वर्ष उहाँकी श्रीमती पनि थापासँगै जापान पुग्नुभएको छ ।
नेपालीहरूका लागि आकर्षक गन्तव्यका रूपमा परिचित जापानका मुख्य सहरहरू टोकियो, नागोया र ओसाकाजस्ता सहरहरूमा पुग्ने गरेका छन् । सुरुका वर्षहरूमा पुरुषहरूमात्रै जापान पुग्ने गरे पनि पछिल्ला वर्षमा महिलाहरू जाने क्रम ह्वात्तै बढेको हो । यहाँ आएका अधिकांश महिलाले कम्पनीमा काम गर्ने गरेको टोकियोको रेस्टुरेन्टमा कार्यरत हीरा थापाले बताउनुभयो ।
“सबैजसो महिलाहरू कम्पनीमा भेजिटेरियनका रूपमा काम गर्छन्”, थापाले भन्नुभयो, “त्यसबाहेक कतिपयले डिपार्टमेन्टल स्टोर्स र कार्यालयहरूमा काम पाउने गरेका छन् ।” महिलाहरूलाई दिनको चार घण्टा मात्रै काम गर्ने अनुमति भए पनि लुकीछिपी काम गेर आफ्नो कमाइ बढाउने गरेको थापाको भनाइ छ । “विदेशमा आउनैपरेपछि कमाइ पनि राम्रो होस् भनेर मैले श्रीमतीलाई पनि यहीँ बोलाएँ”, मल्म–९ का हर्क थापाले भन्नुभयो ।
भनिन्छ, जापानमा पुरुषको तुलनामा महिलाको कमाइ बढी हुन्छ । तर, अहिले भने त्यस्तो नभए पनि पुरुषको तुलनामा महिलाले पनि बराबर आम्दानी गर्ने गरेको ओसाकाको रेस्टुरेन्टमा कार्यरत हरि कार्कीले बताउनुभयो ।
कार्कीको नरेठाँटीस्थित घरमै रहेकी श्रीमती लक्ष्मी पनि फागुनको अन्तिम साता जापान जाने तयारीमा हुनुहुन्छ । पछिल्ला वर्षहरूमा जापानमा पनि रोजगारीको अभाव सिर्जना भएको भनिए पनि मानिसहरू त्यहाँ जाने क्रम बढेकै छ ।
जापनमा काम गर्ने नेपालीहरूले कम्तीमा पनि ८० हजारदेखि दुई लाखसम्म मासिक तलब पाउने गर्छन् । जापान पुग्ने अधिकांशले होटल तथा रेस्टुरेन्टमा काम गर्ने गरेका छन् । गलकोट समाज जापानले जनाएअनुसार जापानमा पुगेर रेस्टुरेन्ट चलाउनेको सङ्ख्या भने यकिन छैन ।
गलकोट क्षेत्रबाट जापान पुगेका करिब पाँच सयभन्दा बढीले रेस्टुरेन्ट चलाएर बसेका छन् । रोजगारीका लागि जापान पुगेका नेपालीहरू आफँै लगानीकर्ता बनेका कारण पनि धेरैको आकर्षण जापान हुने गरेको गलकोट समाज जापानका अध्यक्ष मोहन खत्रीले बताउनुभयो । रासस

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.