पछिल्ला सामग्री :
युवा संघको अध्यक्षमा फेरि बस्नेत

बुटवल, १५ फागुन/  नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको अध्यक्षमा महेश बस्नेत फेरि विजयी भएका छन् । आठौ महाधिवेनमा भएको मतदानबाट आफ्ना प्रतिद्वन्द्वी नीरज आचार्यलाई केही मतले पराजित गर्दै बस्नेत फेरि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्ष र महासचिवसहित अधिकांश बस्नेत प्यानलकै विजयी भएको उपाध्यक्षमा निर्वाचित झपट रावलले बताए । पाँचजना उपाध्यक्षका लागि भएको मतदानमा बस्नेत प्यानलका ४ र आचार्य प्यानलका १ जना विजयी भएका छन् ।


उपाध्यक्षमा बस्नेत प्यानलबाट उमेदवारी दिएका झपट रावल, सूर्य ढकाल, निरु पाल, र दिलु पन्तले
विजयका लागि पर्याप्त मत ल्याए  पनि नारायणबहादुर बस्नेतले भने पराजय भोग्नुपर्‍यो । 

नीरज आचार्य प्यानलतर्फबाट राजु गुरुङ मात्रै अटाए, उनी भने बुटवलका स्थानीय हुन् । उपाध्यक्षका लागि आचार्य प्यानलका हिरा थोकर, लेखराज गौतम, राजेन्द्रमोहन श्रेष्ठ र रञ्जना सरकारले जितका लागि पर्याप्त भोट ल्याएनन् ।

१३५ केन्द्रीय समितिसहित लेखा र अनुशासन कमिटी गरी १६७ पदका लागि भएको निर्वाचनमा १,३८७ प्रतिनिधिले भोट हालेका थिए । १५ पदमा निर्विरोध चयन भएको र १५२ पदका लागि ३१९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । 

बस्नेतको प्यानललाई नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन थियो भने आचार्यको प्यानललाई अध्यक्ष झलनाथ खनालको समर्थन थियो ।

बस्नेत प्यानलबाट को-को भए, विजयी 

अध्यक्षः महेश बस्नेत

उपाध्यक्षहरु : 
झपट रावल, निरु पाल, दिलकुमारी पन्त, सूर्य ढकाल

महासचिव :
राजीव पहारी

सचिवहरु : चन्द्र लामा, अशोक चन्द, हस्तबहादुर शाही, किरण पौडेल, रमेश पौडेल, भगवती विष्ट, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा र टीकाराम शर्मा

कोषाध्यक्ष :
गोविन्द थापा
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.