३ लाख लिने निशाको सिनेमाले ६ हजार पनि कमाएन
नायिका निशा अधिकारी अहिलेकी चर्चित र
महंगी नायिकाको रुपमा पर्छिन् । एउटा सिनेमा खेलेको ३ लाख सम्म पारिश्रमिक
लिने निशाले अभिनय गरेको चलचित्र ”पदमिनी” शुक्रबारबाट देशभरकै हलमा सोलो प्रदर्शनमा आएको छ ।
सोलो प्रदर्शनमा आएको र स्टार नायिकाले
अभिनय गरेको सिनेमाले पक्कै पनि सुरुवातमा राम्रो व्यापार गर्नुपर्ने हो ।
तर ३ लाख पारिश्रमिक लिने निशाको ‘पदमिनी’ ले पोखरामा २ शोमा ६ हजारको
व्यापार गरेको छ । पोखरा जस्तै देशभरका हलमा सिनेमाको व्यापार सुख्खा रहेको
रिपोर्ट प्राप्त भएको छ । राम प्यासीले निर्देशन गरेको यो चलचित्रमा अनिल
थापा नायककोे रुपमा प्रस्तुत भएका छन् ।
चलचित्रमा नायिका अधिकारीले हिष्टोरिया
भएकी युवतीको भुमिका निर्वाहा गरेकी छिन् । नेपाली सिनेमामा कलाकारको स्टार
भ्यालु घट्दै गएपनि उनीहरुको पारिश्रमिक भने उचाईमा पुगेको छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.